६ श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल विभाजन : जनप्रतिनिधिलाई दल रोज्ने आज अन्तिम दिन



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र एकीकृत समाजवादी विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ । एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिएको समयको आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले गत ९ भदौमा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी र जसपा विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई दल दर्ताको प्रमाणपत्र दिएको थियो । त्यसपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधनअनुसार दल विभाजन भएको २१ दिनको समय पुग्ने गरी २२ भदौसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्ने समय दिएको थियो ।

सातवटै प्रदेशका प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिले सोमबारसम्म पनि नयाँ दल रोज्ने क्रम जारी छ । पुरानो दल छोडेर नयाँ दल रोज्ने जनप्रतिनिधिको संख्या अन्तिम दिनसम्म आउँदा उल्लेखनीय छ । प्रदेश २ र सुदूरपश्चिम प्रदेश सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशमा त एकीकृत समाजवादी संसद्कै सबभन्दा ठूलो दल बनेको छ ।

अन्तिम विवरण आउन एक हप्ता लाग्न सक्छ : आयोग

निर्वाचन आयोगले देशैभरबाट संकलन भएको सनाखतको तथ्यांक आयोगमा आइपुग्न एक हप्तासम्म समय लाग्न सक्ने अनुमान गरेको छ । आयोगका सहप्रवक्ता कोमल धमलाले जिल्ला र प्रदेशमा मंगलबार नै त्यसबारे जानकारी आए पनि आयोगसम्म आइपुग्न समय लाग्न सक्ने बताए ।

‘प्रदेश सभा र स्थानीय तहमा भएको सनाखतको विवरण त अहिले पनि सार्वजनिक भइरहेकै छ । देशैभर कतिले कुन दल रोजे भन्ने अन्तिम विवरण आयोगसम्म आउन एक हप्तासम्म समय लाग्न सक्छ,’ सहप्रवक्ता धमलाले भने ।

सनाखतपछि कसैले नयाँ दल रोजेर पनि पुरानै दलमा फर्किन चाहेको खण्डमा आयोगले त्यसको अन्तिम निर्णय गर्ने धमलाको भनाइ छ । एकपटक दल रोजिसकेपछि पुनः त्यसलाई परिवर्तन नगराउने व्यवस्था रहे पनि कसैले निवेदन दिन चाहेको खण्डमा त्यसलाई आयोगमा नै पठाउन निर्देशन दिइएको धमलाले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।