२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल नचल्दै ५५ करोड भार



अ+ अ-

जनकपुर । भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ ।

लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल खरिद गरेको एक वर्ष नाघ्यो तर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने आमप्रश्न छ, जसको जवाफ नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक नीराजन झासित पनि छैन । दुई साताअघि महाप्रबन्धक बनेका झा जनकपुरमै बसेर रेल सञ्चालनमा नआउनुका कारण खोतल्दै छन् । उनले दुई कारणले रेल सेवा सञ्चालनमा ढिलाइ भइरहेको बताए ।

पहिलो, रेलवेसम्बन्धी कानुन नहुनु, दोस्रोचाहिँ प्राविधिक कर्मचारीको समस्या । यी दुवै अप्ठ्यारा टार्ने सामर्थ्य रेलवे कम्पनीसँग छैन । ‘संसद् खुलेपछि रेलवेसम्बन्धी जारी अध्यादेश पास गराउन हामीले पहल गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘प्राविधिक जनशक्तिसम्बन्धी भारतीय कम्पनीसँग गरिएको सम्झौता पैसा नतिरेकै कारण रद्द हुने अवस्थामा पुगेको छ । यसले रेल सेवा छिट्टै सञ्चालनमा आउने सम्भावना पनि पर टरेको छ ।’

दुई सेट रेल खरिद गरिएको भारतीय सरकारी कम्पनी कोंकणसँग गत वर्ष नै नेपाल रेलवे कम्पनी लिमिटेडले २२ करोड भारतीय रुपैयाँ (३५ करोड २० लाख नेरु) मा एक वर्षका लागि प्राविधिक सहयोग लिने सम्झौता गरेको थियो । सम्झौतामा कोंकणलाई २० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।