६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेल नचल्दै ५५ करोड भार



अ+ अ-

जनकपुर । भारत सरकारले करिब ९ अर्ब रुपैयाँ खर्चेर जयनगर–बर्दिवास ७२ किलोमिटर ब्रोडगेज रेलवे लिक तयार पार्दै छ । रेलमार्गको ७२ मध्ये जयनगर–कुर्था ३६ किलोमिटर लामो ब्रोडगेज तयार भएको तीन वर्ष पुग्यो । बाँकी खण्डमा लिक निर्माण भइरहेको छ ।

लिकमा गुडाउन ८६ करोड रुपैयाँमा नेपाल सरकारले दुई सेट डेमो रेल खरिद गरेको एक वर्ष नाघ्यो तर रेल सेवा कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने आमप्रश्न छ, जसको जवाफ नेपाल रेलवे कम्पनी लिमिटेडका नवनियुक्त महाप्रबन्धक नीराजन झासित पनि छैन । दुई साताअघि महाप्रबन्धक बनेका झा जनकपुरमै बसेर रेल सञ्चालनमा नआउनुका कारण खोतल्दै छन् । उनले दुई कारणले रेल सेवा सञ्चालनमा ढिलाइ भइरहेको बताए ।

पहिलो, रेलवेसम्बन्धी कानुन नहुनु, दोस्रोचाहिँ प्राविधिक कर्मचारीको समस्या । यी दुवै अप्ठ्यारा टार्ने सामर्थ्य रेलवे कम्पनीसँग छैन । ‘संसद् खुलेपछि रेलवेसम्बन्धी जारी अध्यादेश पास गराउन हामीले पहल गरिरहेका छौं,’ उनले कान्तिपुरसँग भने, ‘प्राविधिक जनशक्तिसम्बन्धी भारतीय कम्पनीसँग गरिएको सम्झौता पैसा नतिरेकै कारण रद्द हुने अवस्थामा पुगेको छ । यसले रेल सेवा छिट्टै सञ्चालनमा आउने सम्भावना पनि पर टरेको छ ।’

दुई सेट रेल खरिद गरिएको भारतीय सरकारी कम्पनी कोंकणसँग गत वर्ष नै नेपाल रेलवे कम्पनी लिमिटेडले २२ करोड भारतीय रुपैयाँ (३५ करोड २० लाख नेरु) मा एक वर्षका लागि प्राविधिक सहयोग लिने सम्झौता गरेको थियो । सम्झौतामा कोंकणलाई २० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।