११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

डा भट्टराईद्वारा कारबाही खारेजीको माग, पार्टी पुनर्गठनमा जुट्न अपिल

डा भट्टराईद्वारा कारबाही खारेजीको माग, पार्टी पुनर्गठनमा जुट्न अपिल
अ अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भत्र्सना गर्दै उक्त निर्णयको खारेजीको माग गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गरेका छन् । अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धतिअनुरुप नचलेकाले उनीहरुलाई कारबाही गरिएको स्पष्ट पारेको छ ।

जसपाका नेता मोहम्मद इस्तियाक राईले भने, “पार्टीको बैठक अध्यक्षले बोलाउने हो, अर्को पक्ष (बाबुराम भट्टराई पक्षका नेता) बैठकमा सहभागी नहुनु उहाँहरुको इच्छा हो, पार्टी सञ्चालन प्रक्रिया पार्टीको राजनीतिक दलको विधानअनुरुप हुने हो ।”

सङ्घीय परिषद् अध्यक्ष भट्टराईले पार्टी रुपान्तरणका लागि अनवरतरूपमा खटिएका केन्द्रीय सदस्यलगायत सबैलाई पार्टी पुनर्गठनका लागि पनि अपिल गरेका छन् । “हामी यस कारबाहीको घोर भत्र्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन”, विज्ञप्तिमा भनिएको छ ।

पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ ।

सङ्घीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै उनले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिकरूपमा सङ्घीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाएका छन् ।

यता भट्टराई पक्षको यही असार २८ र २९ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रुपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।