२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा
अ अ+ अ-

खोटाङ । नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १० जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहनुभएको छ । यस्तै बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालले दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले सो पार्टीका पक्षमा सनाखत गर्ने क्रम जारी रहेको समाजवादीका जिल्ला सचिव जलशेर राईले बताउनुभयो । “नेकपा ९एस०मा ४१ जनप्रतिनिधि खुल्नुभएको छ”, उहाँले भन्नुभयो, “भौगोलिक हिसाबले टाढा रहनुभएका छ जना वडाध्यक्षसहित अन्य जनप्रतिनिधिले आज (मङ्गलबार) सनाखत गर्ने तयारी गरेका छन् ।”

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ९८ प्रतिशत जनप्रतिनिधि एमालेमै रहेको एमाले  खोटाङका सचिव कुमार आचार्यले बताउनुभयो । 

एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसक्नुभएको छ । एमाले खोटाङका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेमै रहनुभएको छ । एमालेको विसं २०७२ वैशाख १०–१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन् । 

यसैबीच नेकपा एमाले खोटाङले सूर्य चिह्नबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई पार्टी विभाजनको पक्षमा नलाग्न औपचारिकरूपमा आग्रह गरेको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टीमा सनाखत गराएर समावेश हुने मौका दिइरहेको भन्दै एमालेले सोमबार विज्ञप्ति जारी गरेर विभाजनको पक्षमा नलाग्न आग्रह गरेको हो ।