११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

एमाले बागमतीको चौथो पूर्ण बैठक सम्पन्न, के-के भयो निर्णय ?

एमाले बागमतीको चौथो पूर्ण बैठक सम्पन्न, के-के भयो निर्णय ?
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश कमिटीको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक आयोजना भएको पुर्ण बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै बागमती प्रदेशमा एमालेले सबैभन्दा बढी आठ लाख सातहजार २३३ मत प्राप्त गरे पनि निर्वाचित जनप्रतिनिधि सिट संख्या कम भएकोमा विभिन्न कोणबाट छलफल गरेको उपसचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए ।

यस्तै, बैठकले स्थानीय तह निर्वाचनमा बागी उमेदवार बनेका, बागी उम्मेदवारका प्रस्तावक समर्थक बसेका, पार्टीका उम्मेदवारलाई असहयोग गरि विपक्षी पार्टीका उम्मेदवारलाई जिताउन सहयोग गर्नेहरुलाई अनुशासनको कारबाही गर्ने निर्णय समेत गरेका बर्तौलाले बताए ।

त्यसैगरि बैठकले स्थानीय तह निर्वाचनमा गल्ती गर्ने र पार्टीले दिएको जिम्मेवारी पूरा नगर्ने पार्टी सदस्यहरूको तथ्यगत जानकारी लिने र आवश्यक कारवाही गर्ने निर्णय समेत गरेका छ ।

एमालेलाई अनुशसित शसक्त, मजबुत र गतिशील बनाउन साउन १ गते देखि भदौ १५ गते सम्म बागमतीका १३ जिल्लाका ११९ पालिका र सम्पुर्ण ११२१ वडाहरुमा पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान संचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, प्रदेश ,जिल्ला ,पालिक देखि वडा तह सम्म आयोजना गरिने अभियानको उद्देश्य पार्टीलाई संगठनात्मक रूपमा सुदृढ गर्ने , एमालेभित्र विकसित अराजकता, अनुशासनहिनता र अवसरवादलाई समाप्त गर्ने तथा पूर्ण गतिशील, वैचारिकरूपमा स्पष्ट, कार्यनीतिक मुद्दामा धारिलो र लक्ष्यप्रति संकल्पबद्ध पार्टीपङ्ती तयार पार्ने रहेको प्रचार विभाग प्रमुख बर्तौलाले जानकारी दिए ।

साउनदेखि शुरु भई भदौ १५ गतेसम्म चल्ने शुद्धीकरण र सुदृढीकरण अभियानमा वडा तह सम्म कमिटीको बैठक ,भेला तथा प्रशिक्षण कार्यक्रमहरु संचालन गरिने, यसका लागि प्रदेश कमिटी तथा जिल्ला कमिटीहरुले प्रशिक्षकको निर्धारण गर्ने, आउँदो साउन ४ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय वृहत् प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख प्रशिक्षकको रूपमा सहभागी हुने उक्त कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष बिष्णु पौडेल प्रशिक्षक हुने निर्णय गरिएको छ ।

एमाले बागमतीले प्रशिक्षणका लागि विषयहरू पनि निर्धारण समेत गरेको छ । जसमा जनताको बहुदलीय जनवादको मान्यता अनुरूप पार्टी निर्माण, स्थानीय निर्वाचनको सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रूपमा नेकपा (एमाले)को भूमिका अभिवृद्धि लगायत विषय रहेका छन् ।

यस्तै, बैठकले प्रदेश कमिटीका सबै सदस्यहरूलाई आगामी निर्वाचनलाई ध्यानमा राखी वडा केन्द्रित जिम्मेवारी दिने निर्णय गरेको पनि छ भने अवधि पुगेर पनि लामो समयसम्म अधिवेशन नभएका बागमती प्रदेश तहका जनसंगठनहरुको अधिवेशनहरू तत्काल गर्न निर्देशन गर्ने निर्णय पनि गरेको छ ।

बैठकका प्रमुख अतिथि एमाले केन्द्रिय कमिटी उपाध्यक्ष विष्णु पौडेलले बागमतीमा एमालेलाई आगामी निर्वाचनमा विजयी शक्तिका रूपमा स्थापित गराउन सकिने गरि क्रियाशिल हुन सिङ्गो पार्टी पङ्तीलाई निर्देशन दिएका थिए ।

यस्तै, प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले ‘संगठन शुद्धीकरण, सुदृढीकरण अभियान र पार्टी कामको योजना’ प्रस्तुत गर्दै अनुशासित र एकतावद्ध पार्टी निर्माण नै आजको प्रमुख कार्यभार भएको बताए ।

बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ, पोलिटव्यूरो सदस्यहरू अरुण नेपाल, आनन्दप्रसाद पोखरेल ,पार्वत गुरूङ, शुशिला नेपाल , देवि ज्ञवाली र कृष्ण राइको उपस्थिति रहेको थियो ।

बैठकको सञ्चालन सचिव बिजय सुवेदिले गरेका थिए भने स्वागत मन्तव्य उपसचिव महेश बर्तौलाले दिएका थिए ।