११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्ध भयोः अध्यक्ष नेपाल (भिडियो)

एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्ध भयोः अध्यक्ष नेपाल (भिडियो)
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको वागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको हो ।

उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनु भयो । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताउनु भयो । उहाँले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताउनु भयो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ । व्याख्यात्मकसँग जोड्यौँ । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुनथाल्यो । एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्ध भयो, थाहा छैन ?’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताउनु भयो । उहाँले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौँ । तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा परजाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनैपनि बेलामा घोषणा हुनसक्छ । त्यो तयारीमा अहिलेबाट नै जुट्नुस् । अब तुरुन्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्लाजिल्लामा नेताहरुको केन्द्रिकरण होस् ।’

अध्यक्ष नेपालले अमेरिका नाटो र इण्डोप्यासिफिको संयन्त्रद्वारा रुस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको बताउनु भयो । उहाँले चीन र रुसले पनि अमेरिकालाई जवाफ दिन आफ्नो सैन्य शक्ति बढाउने काम गरिरहेको र हातहतिया खरिद गर्ने र निर्माण गर्ने काम गरिरहेको भन्दै अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल छ । नाटोको बिस्तार भएको भएकै छ । रुसलाई घेराबन्दी गर्ने र नाटोमा नयाँ सदस्य थप्दै युक्रेनलाई नाटोको सदस्य बनाएर रुसलाई घेराबन्दी गरी समाप्त पार्नेगरी अमेरिका अघि बढीरहेको छ । इण्डोप्यासिफिक रणनीति अघि सारेर जापान र अष्ट्रेलियालाई साथमा लिएर भारतलाई पनि साथमा लिएर चीन र उत्तर कोरियालाई समाप्त पार्ने नीति लिएर अमेरिका अघि बढीरहेको छ । यतिबेला चीन र रुसले पनि जस्तालाई त्यस्तै जवाफ दिन्छु भनेर अघि बढेको छ ।’

अध्यक्ष नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताउनु भयो । उहाँले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उसचत नभएको बताउनु भयो । अध्यक्ष नेपालले अहिले निर्वाचनको परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रुपमा रहेको बताउनु भयो । सोही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्शान भोगिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ । त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो । यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्शान एमालेलाई नै भएको छ । पार्टीलाई उचाईमा पु¥याउने क्षमता हामीमा छ । राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ । अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन् । हामीले पनि प्रहार गर्नुहुँदैन । राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन ।’

अध्यक्ष नेपालले अझैपनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको र त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानरगपालिकामा देखिएको बताउनु भयो ।