• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण ★   कान्तिपुरका अध्यक्ष सिरोहियाले दिए सर्वोच्चमा निवेदन

एसपीपी पास नहुँदा प्रधामन्त्रीको अमेरिका भ्रमण रद्ध भयोः अध्यक्ष नेपाल (भिडियो)



फाईल फोटो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा पार्टीको वागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्ध भएको दाबी गर्नुभएको हो ।

उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताउनु भयो । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताउनु भयो । उहाँले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताउनु भयो । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ । व्याख्यात्मकसँग जोड्यौँ । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुनथाल्यो । एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्ध भयो, थाहा छैन ?’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताउनु भयो । उहाँले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिरभन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौँ । तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा परजाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनैपनि बेलामा घोषणा हुनसक्छ । त्यो तयारीमा अहिलेबाट नै जुट्नुस् । अब तुरुन्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्लाजिल्लामा नेताहरुको केन्द्रिकरण होस् ।’

अध्यक्ष नेपालले अमेरिका नाटो र इण्डोप्यासिफिको संयन्त्रद्वारा रुस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको बताउनु भयो । उहाँले चीन र रुसले पनि अमेरिकालाई जवाफ दिन आफ्नो सैन्य शक्ति बढाउने काम गरिरहेको र हातहतिया खरिद गर्ने र निर्माण गर्ने काम गरिरहेको भन्दै अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल छ । नाटोको बिस्तार भएको भएकै छ । रुसलाई घेराबन्दी गर्ने र नाटोमा नयाँ सदस्य थप्दै युक्रेनलाई नाटोको सदस्य बनाएर रुसलाई घेराबन्दी गरी समाप्त पार्नेगरी अमेरिका अघि बढीरहेको छ । इण्डोप्यासिफिक रणनीति अघि सारेर जापान र अष्ट्रेलियालाई साथमा लिएर भारतलाई पनि साथमा लिएर चीन र उत्तर कोरियालाई समाप्त पार्ने नीति लिएर अमेरिका अघि बढीरहेको छ । यतिबेला चीन र रुसले पनि जस्तालाई त्यस्तै जवाफ दिन्छु भनेर अघि बढेको छ ।’

अध्यक्ष नेपालले एमालेलाई अहिले धेरै प्रहार गर्नु नहुने बताउनु भयो । उहाँले आफ्नो पार्टीमाथि एमालेले अहिले प्रहर नगरेको उल्लेख गर्दै एमालेलाई पनि प्रहार गर्नु उसचत नभएको बताउनु भयो । अध्यक्ष नेपालले अहिले निर्वाचनको परिणामले आफूहरु नेकपा एमालेभित्र हैसियत भएको शक्तिका रुपमा रहेको बताउनु भयो । सोही शक्तिलाई बेवास्ता गर्दा एमालेले नोक्शान भोगिरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले निर्वाचनको परिणामले एउटा सन्देश दिएको छ । त्यो सन्देश भनेको नेकपा एमालेभित्र हामी एउटा हैसियत भएको शक्ति थियौँ भन्ने हो । यत्रो ठूलो पंक्तिलाई बेवास्ता गर्दा सबैभन्दा धेरै नोक्शान एमालेलाई नै भएको छ । पार्टीलाई उचाईमा पु¥याउने क्षमता हामीमा छ । राष्ट्रिय राजनीतिमा हाबी हुनसक्ने खुबी हामीमा छ । अहिले एमालेले हामीमाथि धेरै प्रहार गरिरहेका छैनन् । हामीले पनि प्रहार गर्नुहुँदैन । राष्ट्रिय राजनीतिमा भएको हाम्रो हैसियतबाट निराश हुनुपर्ने अवस्था छैन ।’

अध्यक्ष नेपालले अझैपनि जनतामा भिजेका नेताहरु आफ्नो पार्टीमा रहेको र त्यसको उदाहरण पोखरा नगरपालिका र हेटौंडा उपमहानरगपालिकामा देखिएको बताउनु भयो ।