१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘उज्यालो चन्द्रागिरि अभियान’: सिसी क्यामरा र सडक बत्ती जडान



अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ ।

नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा तथा ५०० सडक बत्ती जडान गरेको थियो । यसबाट सो राजमार्गमा सडक दूर्घटना न्यूनीकरणमा ऐतिहासिक सहयोग मिलेको थियो । नगरपालिकाले चालु नयाँ आर्थिक वर्षमा पनि सो राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य तथा भित्री सडकमा आवश्यकताका आधारमा सिसी क्यामरा तथा सडक बत्ती जडान गर्ने जनाएको छ ।

यसैबीच नगरप्रमुख घनश्याम गिरीले कलङ्की–नागढुङ्गा– पिपलामोड सडकखण्डमा हुँदै गरेको दोस्रो चरणको सडकबत्ती तथा सिसी क्यामेरा जडान विस्तार कार्यको आज निरीक्षण अनुगमन गर्नुभयो । सो अवसरमा उहाँले भन्नुभयो, “यसअघि पहिलो चरणमा उक्त सडक खण्डमा ८० थान उच्च प्रविधिको सिसी क्यामरा र करिब ५०० थान सडकबत्ती जडान गरिएको थियो । यसै वर्ष आवश्यकताअनुसार राजमार्गसहित नगरका अन्य अधिकांश मुख्य र भित्री मार्गमा पनि सडक बत्ती जडान गर्ने काम हुन्छ ।”

नगरप्रमुखको पहिलो कार्यकालमा नगरपालिकाको सम्पूर्ण वडालाई सडकबत्ती जडान गर्न बजेट विनियोजित गरिएको उहाँले जानकारी दिनुहुँदै तत्कालीन समयमा लगभग आठ हजार थान सडकबत्ती विभिन्न वडामा जडान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा उज्यालो चन्द्रागिरि अभियानअन्तर्गत १५ हजार थान सडकबत्ती नगरभरिका मुख्य तथा भित्री मार्ग, धार्मिक तथा साँस्कृतिक स्थल, उद्यानलगायतका सार्वजनिक स्थल तथा अधिकांश स्थानमा जडान गरिनेछ ।” अभियानसँगै यसै वर्ष नगरपालिकाले आवश्यक अधिकांश ठाउँमा ‘फ्रि वाइफाई’ तथा ‘सिसी क्यामेरा’ जडान गरिने नगरप्रमुख गिरीले जानकारी दिनुभयो । यी प्रविधि र बत्ती जडानले नगरक्षेत्रमा दुर्घटना, चोरी डकैती तथा अनियन्त्रित गतिविधि नियन्त्रण हुने जनाइएको छ । उहाँले भन्नुभयो, “ सुरक्षित र प्रविधिमैत्री नगरपालिका बनाउन उच्च प्राथमितामा दिएको छु । ”