१० असार २०८३, बुधबार
,
Latest
रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली–२०७८ स्वीकृत



अ+ अ-

विराटनगर । प्रदेश नंं १ को सरकारले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायको सङ्गठन, संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । 

आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले वडाको सङ्ख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली–२०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री यादवले जानकारी दिनुभयो ।