१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाका सबालमा राप्रपा महिला संगठनको अभियान, गृहमन्त्रीलाई ज्ञापनपत्र



अ+ अ-

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले आज महिला हकहित, अधिकार, महिला हिंसा र सुरक्षासंग सम्बन्धित विभिन्न माग राखी गृहमन्त्री बालकृष्ण खाँड समक्ष ज्ञापनपत्र बुझाएको छ ।

असार १३ देखि राप्रपा चरणबद्ध आन्दोलनमा रहेको छ । राप्रपाको केन्द्र, जिल्ला, प्रदेश र विभिन्न भातृ संगठनहरु असार १३ गते, असार १७ गते, असार १९ गते, असार २२ गते र असार २४ गते, असार २७ गते सडकमा ओर्लिसकेको छ । यस क्रममा महिला संगठन पनि आफ्नो सरोकारका विषयलाई लिएर आन्दोलित भएका हुन् ।

गत असार १ गते विभिन्न २२ सुत्रीय माग राखी प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्ना मागहरू पूरा गराउन सरकारलाई दबाब सिर्जना गर्न निरन्तर आन्दोलनमा होमिएको हो ।

राप्रपाले किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, खाना पकाउने ग्यास, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने,कालोबजारी नियन्त्रण हुनुपर्ने, महारोगको रुपमा फैलिएको भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, ०४७ पछिका उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, रोजगार सिर्जनाका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाउनुपर्ने लगायत जनजीविकासंग सम्बन्धित विविध माग राखेको छ । यसको अलावा राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, राष्ट्रप्रमुखको रुपमा राजा र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी निर्वाचन मै मतदान गर्न पाउनुपर्ने व्यवस्था, प्रदेश र संघको निर्वाचनलाई निश्पक्ष बनाउन निश्पक्ष चुनावी सरकारको गठन लगायतका विभिन्न २२ बुँदे माग राख्दै राप्रपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्रमा बुझाएको थियो ।

संगठनकी अध्यक्ष अञ्जना शाह रावलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा पार्टीकी महामन्त्री कुन्ती कुमारी शाहीको पनि उपस्थिति रहेको थियो ।

राप्रपाले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेर देशव्यापी आन्दोलन गरिरहेको छ ।