१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको बैठक जारी, लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसिरहेको छ । बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’ बारे छलफल भइरहेको बताइएको छ ।

सत्ता साझेदार दलहरुबीच सो विधेयकसम्बन्धमा सहमति जुटेलगत्तै मन्त्रिपरिषद्को बैठक आजै बसेर सो विधेयकलाई पारित गर्ने तयारी गरिएको समाचार छ ।

यसै प्रयोजनका लागि सरकारले आज शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानूनमा संशोधनको विधेयक पेस गर्ने तयारी गरेको बताइएको ।

विद्यमान बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ अनुसार अहिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको छ ।

सोसम्बन्धी ऐनअनुसार ती आयोग सञ्चालित भए पनि ऐनमा संशोधन हुनुपर्ने पीडितहरुको माग छ । विसं २०७१ फागुन १४ गते कानून संशोधन गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिएको थियो ।