२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेः सुरेन्द्र पाण्डे



file
अ+ अ-

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् । 

मंगलबार पोखराको एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको उल्लेख गर्दै एमालेमा फर्किए अझै पनि क्षमादान दिने बताएका हुन् ।

पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको उनको आरोप थियो ।

उनले भने, ‘केही सुखद केही दुःखद् स्थितिमा हामी छौं । पार्टीलाई एकतावद्ध बनाउने टिममा पनि थिएँ । माधव नेपाल समूह छाडेर गयो, अन्तिमसम्म पनि नजानुस्, यहीं बस्नुस् यही हो हाम्रो घर हो भन्यौं तर छोडेर जानुभयो ।’