५ श्रावण २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनार्दन शर्मामाथिको विशेष छानबिन समितिले अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्ने



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बिहीवारको बैठकले शुक्रवार अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको बैठकले अर्थ मन्त्रालयबाट पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण नआएकाले ठोस एजेण्डामा छलफल हुन नसकेकोे समितिका सचिव सुरेन्द्र अर्यालले बताउनु भयो । उहाँले बुधवार अर्थ मन्त्रालयलाई पूर्व अर्थमन्त्री शर्मासँग विषय कागज तथा विवरण माग गरेपनि नआएको र बिहीवार कार्यलय सयमभित्र आउने अपेक्षा गरेको बताउनु भयो ।सचिव शर्माले समितिले तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोण सहितको कार्यतालिका भने पास गरेको बताउनु भयो । उहाँले अब ७ दिनभित्र नै अध्ययन प्रतिवेदन लेख्नेगरी काम गर्ने सहमति भएको बताउनु भयो । सचिव अर्यालले बिहीवार पनि समितिको सभापति भने चयन हुन नसक्दा ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बैठक बसेको बताउनु भयो ।

उहाँले भन्नुयो,‘ संसदीय विशेष छानबिन समितिको बैठक आजपनि ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बस्यो । ठोस कार्यसूची केही पनि थिएन । बैठकलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्ने र तोकिएको समयमा नै छानबिन प्रतिवेदन तयार गर्ने दृष्टिकोणले सहितको कार्यतालिका बनाउने जिम्मा सचिवालयलाई दिएको थियो । त्यो कार्यतालिका बनाएका थियौं । कार्यतालिकामाथि पनि छलफल भयो । त्यो कार्यतालिका पारित भएको छ । ठोस विषय छलफल हुन नसक्नुको कारण आज २ बजेसम्म अर्थ मन्त्रालयसँग कागजातहरु माग गरेका थियौं । विवरण माग गरेका थियौं । अहिलेसम्म पनि अर्थ मन्त्रालयबाट कागजातहरु पाप्त भएको छैन । मागेको कागज,विवरणहरु नआएका कारण विषयमा केन्द्रित भएर छलफल गर्ने अवस्था भएन । बेलुकासम्म अर्थ मन्त्रालयबाट कागज तथा विवरण आउनेछन् । शुक्रवार बिहान १० बजे बैठक बसेर त्यसमाथि अध्ययन गर्ने, १२ बजे अर्थ सचिव,राजश्व सचिवलाई आमन्त्रण गरेर यस विषयमा जानकारी लिने र बेलुका समय
भएसम्म पाँच बजेपछि अन्य पदाधिकारीहरुसँग छलफल गर्ने तयारी छ ।’

सचिव अर्यालले शुक्रवार बिहान १० बजे समितिको बैठक बसेर मन्त्रालयबाट आएको काजग तथा विवरणको अध्ययन गर्ने र १२ बजे अर्थ सचिव र राजश्व सचिवसँग छलफल गरिने बताउनु भयो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनाधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्व अर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।