११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता

उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता
अ अ+ अ-

काठमाडौ. । संघीय संसदको प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाल गौतमले उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँले बिहीवार संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो ।

भुसालको प्रश्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ । त्यस्तैगरी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पनि उपसभामुखमा उम्मेदवारी दर्ता गराएको छ । एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँको प्रश्तावक सांसद शान्ता चौधरी हुनुहुन्छ भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल हुनुहुन्छ ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधि सभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भुमिका खेल्ने बताउनु भयो । उहाँले आफ्नो भुमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिनिधि सभाको उपसभामुख भन्ने बित्तिकै सदनलाई तटस्थ ढंगबाट, स्वतन्त्र ढंगबाट अत्यन्त प्रभावकारी ढंगबाट सदनलाई अगाडी बढाउनका लागि एउटा खालको भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । र सदनसँग जोडिएका, मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएका, आम नेपाली जनतासँग सरोकारयुक्त विषयवस्तुहरुलाई पनि सदनमा अत्यन्त प्रभावकारी ढंगबाट उठाउनको लागि पनि सहयोगहरु गर्नुपर्ने अवस्थाको सिर्जना पनि हुन्छ । संविधान कार्यान्वयनको विषयमा संसदको जुन प्रभावकारी भुमिका हुनुपर्दछ, संविधानलाई कार्यान्वयन गर्नका लागि पनि सदनले प्रभावकारी भुमिका खेलोस् त्यसको लागि पनि मेरो भुमिका निर्वाचित भएँभने प्रभावकारी ढंगबाट अगाडी बढाउनेछु भन्ने विश्वस्त गराउन चाहन्छु । संवैधानिक परिषद्मा जुन भुमिकाको अपेक्षा गरेको छ संविधानले त्यो अनुसार आफ्नो भुमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने मैले प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडी बढेको बताउनु भयो । उहाँले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभइ विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उपसभामुख पद भनेको संसदको एउटा महत्वपूर्ण पद हो । त्यहाँ पार्टीको कुराले मात्रै निश्चित गर्छ जस्तो मलाई लाग्दैन । उपसभामुख पदका लागि अरु धेरै मापदण्डहरु पनि हुन्छन् । त्यो मापदण्ड मिट गर्ने हिसावले पार्टीले जुन ढंगले उम्मेदवारी दिने फैसला गरेको छ, त्यसको लागि पार्टीप्रति आभार व्यक्त गर्न चाहन्छु । कहिलेकाहीँ तपाईले जुन गणितीय कुरा देख्नुहुन्छ, गणितीय कुराहरु पनि प्रक्रियाहरुले अवरुद्ध गर्न पनि सक्छन् । जुन कुरा हुनेछ कि भन्ने मैले ठानेको छु ।’

उहाँले आफू निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।