• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

जनसरोकारका विषयमा जवाफ दिन राष्ट्रियसभाका अध्यक्षको सरकारलाई रुलिङ



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनसरोकारका विभिन्न विषयमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा उहाँले सदनमा उठेका प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेबारी हो भन्दै यसतर्फ नेपाल सरकारका मन्त्रीहरुलाई यसअघि पनि ध्यानाकर्षण गराइएको बताउनुभयो ।

त्यसयता शून्य र विशेष समयमा सांसदहरुले सदनमा उठाएका विषयमा जवाफ नपाएको सन्दर्भ निरन्तर उल्लेख गरेको भन्दै उहाँले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ को उपनियम ९२० मा उल्लेखित व्यवस्थातर्फ सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभयो ।