६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिसिटिभीका धेरै फुटेजहरु हराएर देशलाई कमजोर बनाइएको छः जगन्नाथ खतिवडा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सिसिटिभीका धेरै फुटेजहरु हराएर देशलाई कमजोर बनाएको बताउनुभएको छ । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सिसिटिभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरण अन्तर्गत सिसिटिभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताउनुभयो । उहाँले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाइृ स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने बताउनु भयो । उपमहासचिव खतिवडाले चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लािग समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरु तय गर्नसक्ने नीतिहरु बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘विज्ञान प्रविधिबाट हामी पछि परेका छौँ । चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लािग समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरु तय गर्नसक्ने नीतिहरु बनाऔँ । सुशासन र पारदर्शिताका प्रत्याभुति गर्नेगरी विज्ञान प्रविधिको प्रयोग गरौँ । सिसिटिभी विज्ञानको एउटा प्रकरण, सिसिटिभीको फुटेज हराएको अर्को प्रकरण । जिन्दगीमा धेरै फुटेजहरु हमीले हराउँदै हराउँदै गएका छौँ । र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन । विज्ञानको अधिकतम उपयोग गरेर नै सम्भव छ । यतातिर ध्यान केन्द्रिकृत गर्नुपर्छ । राष्ट्रिय सुरक्षा बलियो बनाउन डिजिटलाइज सुरक्षा प्रणाली व्यवस्थितका लागि विज्ञान, प्रविधिको प्रयोग गर्नु नेपालको अर्को आवश्यक्ता हो । पुष्पकमल दाहाल कमरेडलाई सोधौँ । नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना मेरो यहीँ हो भन्ने थाहा छ ? छैन । भारतले मिच्दै मिच्दै यो छेउसम्म मेरो भन्छ, नेपालले यो ठाउँमा भन्छ । प्रतिवाद गर्न सक्दैन । सम्भवतः १२३ वटा स्ट्रिप नक्शाहरु तयार गरिएको छ । त्यही नक्शा सिक्नेचर गरे नेपालका धेरै भूभाग गुमाउँछौँ । भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म राष्ट्रको सम्पती दुरुपयोग गरेर मेरो सुख, सुविधाका लागि प्रयोग गर्छु भन्ने विकृत मनोविज्ञानलाई नत्यागेसम्म विज्ञानमा पनि भ्रष्टाचार हुन्छ ।’

उपमहासचिव खतिवडाले फरक प्रशंगमा नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना यही हो भन्ने सक्नुहुन्छ रु भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गर्नुभयो । उहाँले भ्रष्टाचारलाई नियन्त्रण नगरेसम्म र राष्ट्रको सम्पती दुरुपयोग गरेर आफ्नो सुख र सुविधाका लागि देशको सम्पती प्रयोग गर्छु भन्ने विकृत मनोविज्ञानलाई नत्यागेसम्म विज्ञानमा पनि भ्रष्टाचार हुने दाबी गर्नुभयो ।