९ असार २०८३, मंगलवार
,
Latest
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने महेश बस्नेतले भने: विष्णु पौडेलसँगै बालेन र सुधन गुरुङको पनि सम्पत्ति छानबिन हुनुपर्छ यज्ञमणि न्यौपानेद्वारा रास्वपाको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज कुशे औँशी, बुबाको मुख हेर्ने दिन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । आज कुशे औँशी, अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भाद्र कृष्ण औँशीका दिनलाई बुबाको मुख हेर्ने दिनका रुपमा मनाइने चलन छ । पिता हुनेहरुले मिठो–मिठो खानेकुराहरु खुवाएर, बुबालाई सम्मान प्रकट गर्ने र खुशी साट्दै कुशे औँशी मनाउने गर्दछन् भने पिता नहुनेहरुले आजका दिन गोकर्णेश्वरमा गएर दिवंगत पिताको सम्झनामा पिण्डदान तथा तर्पण दिने र ब्राह्मणहरु बोलाएर सिदा दिने, भोजन गराउने र दक्षिणा दिइ विदा गर्दछन् ।

कुशे औँशीका दिन काठमाडौंको गोकर्णेश्वरमा ठूलो मेला लाग्छ । जसकारण आजको दिनलाई गोकर्ण औँशीको नाम पनि दिइएको छ । कुशे औँशीका दिन विशेष गरेर उत्तरगयाले प्रचलित काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गएर श्राद्ध गरे मात्र पनि आफ्ना पितृहरु मोक्ष भइ स्वर्गमा वास गर्ने पौराणिक कथामा उल्लेख छ । आजको दिन काठमाडौंमा पशुपति, गौरीघाट, गोकर्णेश्वर र देशका अन्य तीर्थस्थल तनहुँको देवघाट, म्याग्दीको गलेश्वर, सुनसरीको बराहक्षेत्र लगायतका धार्मिक स्थलहरुमा पितृको सम्झनामा तर्पण तथा श्राद्ध गर्ने चलन रहेको छ ।

कोरोना महामारीको जोखिम रहेकाले गोकर्णेश्वरमा गत वर्षको झैँ कुनै विशेष कार्यक्रम नराखेपनि भक्तजनहरुको भीड लागेको छ भने पशुपति, गौरीघाट, देवघाट लगायतका तिर्थस्थलहरुमा पनि भक्तजनहरुको भीड रहेको छ । आज वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले व्राह्मण, पुरोहितले ल्याएको कुश घर–घरमा भित्राउने र उक्त कुश, देव तथा पितृकार्यमा वर्षभर प्रयोग गर्ने गर्दछन् ।       




भर्खरै