११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

चिनियाँ नेता लिउ जियान्चाओको नेपाल भ्रमणबार के भन्छन् नेताहरु ? (भिडियो)

चिनियाँ नेता लिउ जियान्चाओको नेपाल भ्रमणबार के भन्छन् नेताहरु ? (भिडियो)
अ अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण चीनकाबिरुद्ध नेपाली भूमि प्रयोग हुने हो कि भन्ने चिन्ता जाहेर गर्न भएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले विदेशीहरुले चिनकाबिरुद्ध नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने चिन्ता चीनको रहेको बताउनु भयो । उहाँले विदेश विभाग प्रमुख जियान्चाओको भ्रमण सो कुरा जायर गर्नका लागि भएको बताउनु भयो । उहाँले नेपालका सबै पार्टीले एक चीन नीति लिने र चिनकाबिरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । पूर्वप्रधानमन्त्री खनालले भर्खरै विदेश विभाग प्रमुखमा नियुक्त भएका जियान्चाओले पहिलो भ्रमण नेपालमा गर्नुले चिनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको देखाएको बताउनु भयो । यो भ्रमणसँगै नेपाल र चीनबिचको आगामी सम्बन्ध अझ राम्रो हुने उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख भर्खरै नयाँ नियुक्त हुनुभएको छ । नयाँ नियुक्त भएपछि सबभन्दा पहिलो विदेश भ्रमण नेपालको गर्नुभयो । त्यसको अर्थ के हो भने चीनले नेपालसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्छ । र छिमेकसँगको सम्बन्धलाई राम्रो बनाउने उसको दृष्टिकोण छ । त्यो दृष्टिकोणको आधारमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुख लिउले चार दिने नेपाल भ्रमण गर्नुभयो । र नेपालका सबैजसो मुख्य राजनीतिक पार्टीका नेताहरुसँग भेटघाट गर्नुभयो । र यी सबै पार्टीहरुसँग चिनियाँ कम्युनिष्ट पार्टीका सम्बन्धहरुलाई गहिरो बनाउन भुमिका खेल्नुभयो । र साथसाथै चीनका बीरुद्ध नेपालमा कसैले पनि नेपालको भूमिलाई प्रयोग गर्न नसकोस् ।

अहिलेको भूराजनीतिक परिस्थिति जुन छ, त्यो भूराजनीतिक परिस्थितिमा विदेशीहरुले चीनका बिरुद्ध कुनै प्रकारले नेपालको भू–भाग प्रयोग गर्ने हुन् कि भन्ने कुराहरुमा चीनको चिन्ता छ । त्यो चिन्तालाई जाहेर गर्नको लागि पनि उहाँको भ्रमण भएको देखिन्छ । नेपालका सबैजसो पार्टीहरुले हामी एक चीन नीति लिन्छौँ र हामी नेपालको भू–भाग चीनका बिरुद्ध प्रयोग गर्न दिन्नौँ भन्ने कुराहरु जुन ढंगले सबैले भनेका छन् । यो कुराले नेपाल र चीनका बीचका सम्बन्धहरु आउने दिनमा राम्रो हुन्छन् भन्ने कुरा देखिन्छ ।’

नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद हरिबोल गजुरेलले नेपालका पछिल्ला केही निर्णयहरुका कारण चीन सशंकित भएका कारण विदेश विभाग प्रमुखको नेपाल भ्रमण भएको बताउनु भयो । उहाँले नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चीनको सदिक्षा रहेको भन्दै पछिल्ला निर्णयहरुका कारण नेपाल अस्थिर र अशान्त हुने हो कि भन्ने चिन्ता चीनमा रहेको बताउनु भयो । उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका वामपन्थीहरु एकै ठाउँमा आइदिउन् भन्ने चाहना राख्नु स्वभाविक भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मुख्यतः नेपालमा शान्ति र स्थिरता रहोस् भन्ने चिनको जहिलेपनि सदिक्षा हुन्छ । कतै नेपाल अस्थिर हुने हो कि, अशान्त हुने हो कि भन्ने चिन्ताले गर्दा अहिलेका केही निर्णयहरुले अलि सशंकित गराएको सन्दर्भमा यो भ्रमण भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी नै भएको कारणले गर्दा स्वभाविक रुपमा वामपन्थीहरु एक ठाउँमा आइदिउन् भन्ने उनीहरुको चाहाना हुने नै भयो त्यो । स्वभाविक कुरो त्यसलाई हामीले अन्यथा लिनुहुन्न । तर पनि फेरि यहाँ एकता गर्ने, नगर्ने भन्ने कुरो नेपालको राजनीतिक दलहरुकै प्राथमिकताको विषय हो ।’

नेकपा (एमाले) का नेता तथा सांसद प्रदीपकुमार ज्ञवालीले चीनले नेपालको एक चीन नीतिमा निरन्तरता खोजेको बताउनु भयो । नेपालको भूमि चीनकाबिरुद्ध प्रयोग नहोस् भन्नेमा चीन संवेदनशिल देखिएको उहाँले बताउनुभयो । त्यसैगरी नेपालमा राजनीतिक स्थायित्व हुनका लागि सबै राजनीतिक दलहरुका बीचमा समझदारी गरेर अगाडी बढ्दा राम्रो हुने सन्देश चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको भ्रमणले दिएको नेता ज्ञवालीले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालसँग चीनको जुन घनिष्ट मित्रता छ । र नेपालका सबै राजनीतिक दलहरुसँग उहाँहरुको जुन खालको सम्बन्ध छ । सम्भवतः त्यो सम्बन्धलाई थप सुदृढ गर्ने उहाँहरुको उद्देश्य हो । उहाँहरुले त्यही भन्नुभएको छ र नेपालका प्रमुख राजनीतिक दलहरुसँग विचारहरु आदान–प्रदान गर्ने, दलहरु राज्य सञ्चालनका सबैभन्दा महत्वपूर्ण निकाय भएका हुनाले दलहरुसँगको सम्बन्धले दुई देशबीचको सम्बन्धलाई पनि मजबुत गर्ने भएको कारणले उहाँहरुले उच्च प्राथमिकता दिएर नेपालको भ्रमण गर्नुभएको देखिन्छ । सन्देशको हिसावले पहिलो, नेपालको भूमि चीनको बिरुद्ध प्रयोग नहोस् भन्ने कुरामा चीन अलि बढी संवेदनशील देखिन्छ ।

यद्यपी नेपालले सधैँभरी एक चीन नीति अवलम्वन गर्दै आएको छ । तर पछिल्लो समय कतिपय घटनाक्रमहरुले चिनियाँ मित्रहरुको मनमा केही आशंकाहरु पैदा भएको देखिन्छ । त्यसो भएर नेपालको चीन सम्बन्धी नीतिमा उहाँहरुले निरन्तरता खोजेको, त्यो एकखालको सुनिश्चितता खोजेको बुझ्न सकिन्छ । दोस्रो, नेपालमा राजनीतिक स्थायित्व होस् । नेपाल समृद्ध होस् ।

बलियो होस् भन्ने उहाँहरुले भन्ने गर्नुभएको छ । त्यसका लागि दलहरुका बीचमा समझदारी भएर अगाडी बढ्दा राम्रो हुन्छ भन्ने सन्देश छ । तेस्रो, जुन ढंगले भुराजनीतिक परिस्थिति बिस्तारै बदलिँदै गएको छ । र एशियामा शक्ति राष्ट्रहरुका जुनखालका प्रभावहरु, कतिपय मामिलामा हस्तक्षेपहरु बढ्दैछन् । त्यसका बाछिट्टा नेपालमा नपरोस् र त्यसमार्फत चीनको संवेदनहीलतामाथि असर नपरोस् । यिनै यिनै कुराहरु उहाँहरुको सरोकार देखिन्छ ।’

त्यस्तै उहाँले एशियामा शक्ति राष्ट्रहरुको हस्तक्षेपहरु बढिरहेको र त्यसको बाछिट्टा नेपालमार्फत चिनको संवेदनशीलतामा नपरोस् भन्नेमा विदेश विभाग प्रमुखमार्फत चीनको सरोकार रहेको उहाँले उल्लेख गर्नुभयो ।