रुपन्देही । नेकपा एमाले लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काउने भएको छ ।
बुटवलमा जारी प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिँदै जेठ २ गतेकै अवस्थामा फर्काउने निर्णय गरेको हो ।
।
१५ असारमा एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो ।











