९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित



अ+ अ-

काठमाडौँ । संघीय संसद् सचिवालयले उपसभामुख पदको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उपसभामुख निर्वाचनका लागि यही असार ३१ गतेको दिन तोक्नुभएको थियो ।

कार्यक्रम अनुसार यही असार ३० गते बिहीबार बिहान ११ बजेदेखि दिनको १ बजेसम्म प्रतिनिधिसभाको बैठकमा प्रतिनिधिसभाका कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गरिने छ ।

सोही दिन दिनको १ः३० बजे निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिने छ ।

असार ३१ गते दिनको ३ बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।