२८ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखलाई एमालेको प्रश्न: सर्वोच्च मा विचाराधीन रहेको विषयमा छलफल गर्न मिल्छ ?



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकारले संसद्मा दर्ता गराएको संवैधानिक परिषद् सम्बन्धी विधेयक तत्काल फिर्ता लिन माग गरेको छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एमाले सांसद शिवमाया तुम्बाहाम्फेले सो विधेयक फिर्ता लिन माग गर्नुभएको हो । उहाँले आफैँले गैरसंवैधानिक भनिएको विषयवस्तु राखेर सोही किसिमको विधेयक ल्याउनु पर्ने कारण सरकारले दिनुपर्ने बताउनुभयो ।

उहाँले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा गैरसंवैधानिक भयो भन्दै अदालत गएको र त्यो मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो । उहाँले सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गर्दै भन्नुभयो, “गैरसंवैधानिक भनी मुद्दा दायर गरिएको र सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा छलफल गर्न मिल्छ ?”

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संसद्मा बसह गर्न नपाइने भन्दै उहाँले विधेयक फिर्ता हुनुपर्ने माग गर्नुभयो ।