२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन हुनुपर्छ: माओवादी (भिडियो)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नर अधिकारी नेकपा (एमाले) को अन्तर पार्टी निर्देशन (अपानि) मा अर्थ विभागमा संलग्न आशंका गर्दै सो सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभयो ।

एमालेको अपानिमा अर्थ विभागमा एम अधिकारी, खोटाङ भनी समावेश छ । गभर्नर अधिकारीको घर पनि खोटाङ नै रहेको जनाइएको छ । त्यसैले एम अधिकारी नै गभर्नर अधिकारी भएको आशंका गरिएको छ ।

सांसद शर्माले नेपाल राष्ट्र बैंकको ऐनविपरीत भएको भन्दै गभर्नरमाथि छानबिन हुनुपर्ने भाग गर्नुभएको हो ।