११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

काँग्रेस केन्द्रिय समिति बैठकः गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड

काँग्रेस केन्द्रिय समिति बैठकः गठबन्धनलाई संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले गठबन्धनलाई आगामी संघ र प्रदेशको निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेसको जारी केन्द्रिय समिति बैठकमा बोल्ने क्रममा केन्द्रिय सदस्यहरुले नेपाली काँग्रेसले विजय हासिल गर्नुमा गठबन्धनले मद्दत गरेको बताएका छन् । केन्द्रिय सदस्यहरुले गठबन्धनले समग्र परिणाममा राम्रो गरेकाले अगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने धारणा राखेका हुन् । नेताहरुले समानुपातिक निर्वाचन प्रणाली भएका कारण पनि गठबन्धन गर्नुको विकल्प नभएको धारणा राखेका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भयो । त्यस्तै विगतको गठबन्धनबाट पाठ सिकेर साउन भित्रैमा गठबन्धनको विषयमा टुंगो लगाउनुपर्ने र भाद्र महिना भित्रैमा पार्टीको टिकटको टुंगो लगाइसक्नुपर्नेमा नेताहरुले जोड गरेको प्रवक्ता महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘समग्रमा समीक्षाका कुराहरु र आगामी दिनमा कसरी पार्टी जानुपर्छ भन्ने विषयमै छलफल केन्द्रित छ । आज बोल्ने सबै साथीहरुले यो गठबन्धनलाई अगाडी बढाउनुपर्छ । हाम्रो समानुपातिक निर्वाचन प्रणाली छ । त्यो कारणले पनि त्यसको अहिले विकल्प छैन । स्थानीय निकायमा निर्वाचन भयो त्यहाँ निर्वाचनको अनुभवलाई आधार मानेर कहाँ कमी, कमजोरी रहे, गठबन्धन भएको ठाउँमा पनि कार्यान्वयनको सिलसिलामा के–कस्ता कमी, कमजोरीहरु रहे, त्यसलाई पनि मध्येनजर राखेर यो साउन भित्र नै गठबन्धनको टुंगो लगाउने र भाद्र भित्र नै पार्टीको टिकट टुंगो लगाइसक्नु पर्छ । समयमा त्यो भयो भने हाम्रा आफ्ना कुराहरुलाई समयमै स्पष्ट ढंगबाट जनताको बीचमा राख्न सकिन्छ । र परिणाम राम्रो आउँछ ।’

उहाँले नेताहरुको पार्टीप्रतिको असन्तुष्टि र फरक मतहरु बाहिर नराख्न नेताहरुलाई आग्रह गरिएको बताउनु भयो । उहाँले असन्तुष्टिहरु पार्टी बैठकमा राख्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले पार्टी एकतावद्ध रहेको सन्देश दिनका लागि सबै विषय बैठक भन्दा बाहिर राख्नु नहुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘जतिपनि पार्टी भित्रका असन्तुष्टि अथवा फरक मतका विषयवस्तुहरु छन् । केन्द्रिय समिति भित्रै ती कुराहरु राखिदिँदा बरु यहीँ जति कुरा राखे भो । त्यसका लागि बाहिर नै गएर भन्नुपर्ने स्थिति नआउँदा राम्रो हुन्छ । त्यसो भयो भने हाम्रो एकता र हाम्रो लक्ष्यप्रति हामी सबै एकजुट छौँ भन्ने शन्देश जनताको बीचमा जान्छ । केन्द्रिय समितिमा छलफलमा कुनैपनि विषय प्रवेश गराउन कुनै अपm्ठ्यारो पनि छैन । केन्द्रीय समितिमा बोल्न पाइएन त्यसकारण अन्त गएर बोल्नुपर्ने, भन्नुपर्ने स्थिति छैन ।’

प्रवक्ता महतले शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष सन्तोषजनक रहेको बताउनु भयो । सरकारले भ्रष्टाचार रोकेको बताउनु भयो । त्यसैगरी कोभिड–१९ को व्यवस्थापन गर्न सफल भएको र सन्तुलित विदेश निति सञ्चालन गर्न सफल भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘एक वर्षको हाम्रो अनुभव सन्तोषजनक ढंगले सरकार चलेको छ । कतिपय उपलब्धीहरु यो सरकारले हासिल गरेको छ । कोभिडको व्यवस्थापन भएको छ । ठूलो भ्रष्टाचार एकपछि अर्को काण्डै काण्ड भएको अवस्था थियो त्यो रोकिएको छ । वैदेशिक नितिमा अन्यौल थियो । एमसीसी पारित भएको छ । र सन्तुलित नेपालको आवश्यकता र स्वार्थमा आधारित विदेश नीति सञ्चालन भएको छ । आफ्ना कुराहरु हामीले सु–स्पष्ट ढंगबाट सबै मित्रराष्ट्रका प्रतिनिधिहरुलाई हामीले राख्न थालेका छौँ । समग्रमा सन्तोषजनक छ । हामीले असन्तुष्ट हुनुपर्ने कारण छैन ।’

पार्टी केन्द्रिय समिति बैठकमा नेताहरुले महंगी नियन्त्रण गर्न र मलको सहज आपूर्तिकालागि सरकारले तदारुकता देखाउनुपर्ने माग गरेका थिए ।