२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई (भिडियोसहित)



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।

अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका लागि एकलौटी र स्वेच्छाचारी ढंगबाट पार्टीका गतिविधिहरु गरेको आरोप लगाउनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले संख्यात्मक रुपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गर्नुभयो । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गर्नुभयो ।

अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्क्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खालि रहेको पदमा समेत जनजातीलाई राख्ने आफ्नो प्रश्तावलाई अध्यक्ष यादवले नमानेको बताउनु भयो उहाँले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताउनु भयो । अध्यक्ष भट्टराईले पार्टीमाथि ठूलो संकटको बादल मडारिएको उल्लेख गर्दै पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न नसके झनै ठूलो दुर्घटना निम्तिने बताउनु भयो । उहाँले अर्का अध्यक्ष यादवलाई नतर्सिन चुनौती दिँदै अवैध ढंगबाट गलत मनशायका साथ बोलाएको गुटको बैठकलाईमान्यता नदिने स्पष्ट पार्नुभयो ।

अध्यक्ष भट्टराईले भन्नुभयो, ‘जनता समाजवादी पार्टी भनेको देशमा वैकल्पिक शक्तिको रुपमा स्थापना गरेको पार्टी हो । संख्याको बहुमत पनि हामीसँग छ । कथम कदाचित निरुपण हुँदै गएछ भनेपनि वैचारिक हिसावले यसको मुल मर्म हो, संघीयता, सुशासन, समाजवाद र समृद्धिको जुन मुल आधार तत्व हुन् त्यसलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय हामीलाई छ । हामी यहाँ छाँै । त्यसैले यो बैठक अवैध, आद इत्यादी भन्छन् भने तिनले जस्तो इतिहासलाई बंग्याउने काम, झुट बोल्ने काम कसैले पनि गरेको छैन । यो ठोकुवासाथ भन्न चाहन्छु । लुकाउने कुरा नै छैन ।

हामीले यहाँ यसरी बैठक गरिरहेका छौँ, हाम्रो कार्यकारिणी अध्यक्ष उपन्द्र यादव ले आफ्नै ढंगले वीरगञ्जमा बैठक बोलाइ दिनुभयो । गत साल महन्थ ठाकुरजीले छोडेपछि एउटा कार्यकारिणी अध्यक्ष खालि थियो । मैले जनजाती एकजना जो भएपनि बनाउनुपर्छ भने तर मेरा मित्र उपेन्द्र यादवजीलाई डर थियो वा के थियो मान्नुभएन । अहिलेसम्म पनि मान्नुभएको छैन ।

हामीले देखेको पार्टीको सपनामा गम्भीर कुठाराघात भइरहेको छ । यो पार्टीमाथि ठूलो संकटको बादल मडारिएको छ । त्यसैको समाधान गर्न बिस्तारित बैठक बोलाएका छौँ । कुनैपनि बाआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिलेपनि पार्टीलाई रुपान्तरण गर्ने हाम्रो मनशाय हो । म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिलेपनि नतर्सिन, नडराउन, हिम्मतका साथ फेस गर्न वैधानिक ढंगले बैठक राख्न चुनौती दिन्छु । तपाईले अवैध ढंगले, जुन गलत मनशायका साथ गुटको मात्रै बैठक अपायकमा राख्नुभएको बैठक तत्काल स्थगित गर्नुहोस् । यहाँ आउनुस् । तर स्वेच्छाचारी ढंगल हर्कत गर्नुहुन्छ भने त्यसलाई वैधता दिन सकिँदैन ।’

अध्यक्ष भट्टराईले नेपालका दल र सरकार नसच्चिए श्रीलंकाकै बाटोमा देश पुग्ने दाबी गर्नुभयो । उहाँले नेपालमा पनि सरकार र राजनीतिक दलहरुमा आसेपासे र अहंकारी प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्नुभयो । अध्यक्ष भट्टराईले राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरिरहेको उल्लेख गर्दै सत्तामा जाने भनेकै देश लुट्नका लागि भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘श्रीलंकामा राजापक्ष परिवारमा जे गरेपनि हुन्छ भन्ने अहंकार आएपछि देश कस्तो भयो, उनीहरुले जति भ्रष्टाचार गरे, आसोपासेलाई पदमा राखेर आएको परिणाम नेपालमा त भएको छैन ? यहाँ प्रत्येक पार्टीभित्र त्यही किसिमको आसेपासो भएको छ । राज्यसत्तामा गएकोले राज्य सत्ताको दुरुपयोग गरेको छ । सत्तामा जाने भनेकै लुटेर धन कमाउने भएको छ । धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको छ । नेपाल पनि त्यही गम्भीर संकटमा छ ।’

अध्यक्ष भट्टराईले धन प्रयोग गरेर चुनाव जित्ने र फेरि राज्य सत्तामा पुगेर राज्यसत्ताको दुरुपयोग गर्ने यो दुःष्चत्रमा नेपाल फसेको दाबी गर्नुभयो उहाँले नेपाल पनि श्रीलंका जस्तै गम्भीर संकटमा रहेको उल्लेख गर्नुभयो ।