७ पुष २०८२, सोमबार
,
Latest
हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दै अनेरास्ववियु र युवा संघद्वारा प्रदेश सभा घेराउ



अ+ अ-

पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटी र र राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग्दै प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।

गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा बजेट छुट्याएपछि विरोधस्वरुप उनीहरुले संयुक्त रुपमा गण्डकी प्रदेश सभा घेराउ गरेका हुन् ।

आगामी आवको बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो ।

आलोचित भएका मुख्यमन्त्री पोखरेलले स्पष्टिकरण दिन बैठक बोलाइएको थियो । संसदभित्र बैठक जारी छ ।