१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले ल्याएको अर्थनीति सही छ: सांसद देव



अ+ अ-

काठमाडौँ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले सरकारको अर्थनीतिकै आधारमा नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले पनि मुलुकको अर्थतन्त्र सकारात्मक रुपमा अघि बढेको देखाएको बताउनुभयो ।

“नेपाल श्रीलङ्काको बाटोमा गएको छैन, नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले सकरात्मक रुपमा अघि बढेको देखाएको छ”, उहाँले भन्नुभयो, “नेपालले लिएको अर्थनीति सही छ ।” उहाँले श्रीलङ्काको गलत अर्थनीति, आम भ्रष्टाचार, परिवारवाद र सरकारको गलत व्यवस्थापनले गर्दा अहिलेको अवस्था आएको तर नेपालको अवस्था त्यो नभएको बताउनुभयो । “नेपालले कस्ता प्रकृतिका ऋण लिने र कस्ता नलिने भन्ने बारेमा अर्थशास्त्री र राजनीतिक दलले छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वीआरआई, एमसिसी वा अन्य सबै ऋण लिने कुरामा पहिला कस्तो ऋण हो, आवश्यक छ कि छैन भन्ने विषयमा बृहत परामर्श हुनुपर्छ, मित्रराष्ट्रलाई खुसी पार्न होइन ।”