१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिष्कार, सभापतिको राजीनामा माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सार्वजनिक लेखा समितिको बैठक बहिष्कार गरेको छ । समितिको नेतृत्व विपक्षी दलले पाउने भन्दै एमालेले नेपाली कांग्रेसको नेतृत्वमा रहेको समितिको बैठक बहिष्कार गरेको हो । साथै उसले समितिको सभापतिको राजीनामासमेत मागेको छ ।

मंगलबार बिहान ११ बजे बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो र बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सांसद गोकुल बाँस्कोटा सहभागी थिए ।

बैठकमा भट्टराई र बाँस्कोटाले विपक्षी दलले नेतृत्व पाउनुपर्ने लेखा समितिमा पछिल्लो एक वर्षदेखि सत्ताधारी कांग्रेसबाट सभापति भएको भन्दै बैठकमा बस्न नसकिने जानकारी गराएर बहिष्कार गरे ।

सभापति फेरिएपछि मात्रै समितिको बैठकमा भाग लिन सकिने एमालले अडान राखेको छ ।