७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दैनिक उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगिका कारण जनता आक्रान्त भएको बताउनुभयो । उहाँले दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु मन्द गतिमा भएको उल्लेख गर्नुभयो ।

सांसद विश्वकर्माले ठेकेदारहरुको ढिलासुस्ती र लापरबाहीका कारणले कतिपय विकास निर्माणका कामहरु रोकिएको भन्दै उनीहरुलाई सरकारले कडाइपूर्वक काम लगाउन ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने बताउनुभयो । उहाँले आयातलाई कम गर्दै लानुपर्ने बताउनुभयो ।