१५ भाद्र २०८३, सोमबार
,
Latest
राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालसहित चितवनको टोलीद्वारा प्रधानमन्त्री देउवासँग भेट



अ+ अ-

चितवन । चितवन क्षेत्र नं. ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज भेटेको छ । जिल्लाका विभिन्न समस्याका बारेमा अवगत गराउने उद्देश्यले जिल्लाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।

भेटमा सहभागी भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार भरतपुर विमानस्थल विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण, माडी क्षेत्रको भूमिगत विद्युतीकरण रोकिएको विषय, माडी जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायत विषयमा प्रधानमन्त्रीसँग छलफल भएको हो । यसअघि चितवनको टोलीले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका दाहाललाई भेट गरी यहाँको अवस्थाको बारेमा जानकारी गराएको थियो । यससँगै दाहालसहितको टोली आज प्रधानमन्त्रीलाई भेट्न पुगेको हो ।

प्रतिनिधिमण्डलसँगको भेटपछि प्रधानमन्त्री देउवाले प्रचण्ड र महानगर प्रमुख दाहालको रोहवरमा मुख्य सचिव शङ्करदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, निजी सचिवलगायत सरोकारवालालाई बोलाएर छलफल गरी तत्काल काम अघि बढाउन निर्देशन दिनुभएको छ । महानगर प्रमुख दाहालका अनुसार प्रधानमन्त्री देउवाले विमानस्थल विस्तार, क्रिकेट रङ्गशाला, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य र जङ्गल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले निकै सकारात्मक भएर तत्काल कार्यान्वयनका लागि निर्देशन दिनुभयो ।”

महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसँगको भेट सकारात्मक भएकाले जिल्लावासीको मागको सुनुवाई हुने विश्वास व्यक्त गर्नुभयो । महानगरपालिकाले विमानस्थल विस्तारका लागि निकै पहिलेदेखि पहल गर्दै आएको छ । भेटमा राजनीतिक दलका प्रतिनिधि, राष्ट्रियसभाका सदस्य, भरतपुर र माडीका पूर्व र वर्तमान जनप्रतिनिधिलगायत सरोकारवाला सहभागी हुनुहुन्थ्यो ।