११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘संसदमा अड्किएर बसेका विधेयकहरुका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने’

‘संसदमा अड्किएर बसेका विधेयकहरुका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने’
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकहरुको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेको बताउनुभयो । उहाँले संसदमा अड्किएर रहेका तथा विचाराधिन विधेयकहरुलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको वेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनैपनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झक्झकाउने काम गर्नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘विधेयकको अवस्था के हो ? किन विधेयकहरु अड्किएर बसिरहेको अवस्था छ ? यस बारेमा हामीले धेरै पटक कुरा उठायौँ । तर सुनुवाई भएन । मलाई लाग्छ यो संसद यदी अधिकार सम्पन्न हो भने, सार्वभौम हो भने । पक्कै पनि हो यो संसद सार्वभौम छ । अधिकार सम्पन्न छ भनेदेखि यस्ता विधेयकहरु हेर्नेगरी एउटा संसदमै, प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै ठाउँमा यो विधेयकलाई हेर्ने एउटा स्पेशल अनुगमन, सुपरिवेक्षण र सुझाव समिति हुनुपर्छ भन्ने म प्रस्ताव राख्न चाहान्छु । किनभने संसद के काममा अल्झिन्छ, विधेयकहरु अलपत्र परिरहेका हुन्छन् । कानूनहरु अलपत्र परिरहेका हुन्छन् ।

कानून निर्माण सदनको, संसदको पहिलो काम हो । तर त्यसतर्फ ध्यान गइरहेको हुँदैन । जुन हामी समिति बनाउँछौँ । त्यसले विधेयकको अवस्थाको बारेमा जहिलेसुकै पनि अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने, त्यसबारेमा सरकारलाई झक्झकाउने । बिजनेश ल्याउने विधेयक दिने भनेको त सरकारले नै हो । त्यसको ड्राफ्ट पेश गर्ने भनेको त सरकारले नै हो । त्यसकारण त्यसका लागि एउटा समिति निर्माण हुनुपर्छ भन्ने म जोडदार माग राख्न चाहान्छु ।’

सांसद दाहालले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेकोप्रति विरोध जनाउनुभयो । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उहाँले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको बताउनुभयो । उहाँले सो विधेयकको सम्बन्धमा सभामुख अग्निप्रसाद सापकोटाले विगतमा सर्वोच्च अदालतमा मुद्दा हालेको भन्दै राष्ट्रिय सभाका अध्यक्षले सभामा छलफल गराउनुपूर्व सभामुखको धारणा पुरानै हो कि फेरिएको हो सोध्नुपर्ने बताउनुभयो । सरकारले सत्ता टिकाउनका लागि मात्रै विधेयक ल्याएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि भन्ने भर्खरै मात्र एउटा कानून दर्ता भएको रहेछ । त्यो कानून हेरियो । हिजो केपी ओली सरकारको पालामा जे कुरा ल्याएको थियो त्यो जस्ताको तस्तै त्यहाँ ल्याएको छ । जे चिजको विरोध गरेर यो सरकार आयो । जुन चिजको विरोध ग¥या छ । सभामुखले मुद्दा हाल्नुभएको रहेछ । अरु पनि मुद्दाहरु छन् । त्यो मुद्दा विचाराधिन अवस्थामा छ । उहाँले संविधान माथि एकपछि अर्को प्रहार भइरहेको छ भनेर संविधानको मर्म र भावना विपरित संवैधानिक परिषद् पहिलो संशोधन अध्यादेश जारी गर्ने । सोही अध्यादेश अनुसार अनाधिकृत रुपमा बैठक बसि पदाधिकारी सिफारिस गर्ने । संसदीय सुनुवाई बेगर संवैधानिक आयोगहरुमा पदाधिकारीको नियुक्ति गर्ने काम, कारबाहीले संविधान माथि एकपछि अर्को प्रहार भइरहेको छ भनेर भन्नुभएको रहेछ । उहाँको मुद्दामा । यो विधेयक यहाँ दर्ता भएको छ । हामीले विरोधको सूचना पनि दिइसकेका छौँ ।

सभामुखले यसो भनेर मुद्दा हाल्नु भएको छ । तिनै प्रावधानहरु राखेर विधेयक यहाँ ल्याइएको छ । तर एकचोटी हाम्रो अध्यक्ष महोदयले पनि त्यसबारेमा छलफल गर्नुभन्दा अगाडी त सभामुख महोदयसँग छलफल गर्नुप¥यो । तपाई हिजोकै अडानमा हुनुहुन्छकि के छ तपाईको भनेर ? यो सरकार कुनै इथिक नभएको, आफैँले पहिले के भनेर आएको थिए भन्ने सोच विचार नभएको एउटा निर्लज्ज संस्था हो र सरकार भनेको ? विधेयक ल्याउँदा सत्ता टिकाउने, सरकार टिकाउने हिसाबले ल्याइएको अवस्था छ ।’

उहाँले वर्तमान सरकारसँग नैतिकता नरहेको बताउनुभयो । सांसद दाहालले शुन्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले जवाफ नदिने गरेको बताउनुभयो । उहाँले जवाफ नदिने मन्त्रीहरुलाई नियमावलीको व्यवस्था अनुरुप मुद्दा हाल्ने पनि बताउनुभयो ।