२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार

मासुमा आत्मनिर्भर बनाउन बाख्रा पकेट क्षेत्र विस्तार
अ अ+ अ-

पाल्पा । तानसेन नगरपालिका–१२ मा बाख्रा पकेट क्षेत्र विस्तारका निम्ति बाख्रा उपहार प्रदान गरिएको छ । मासुमा आत्मनिर्भर बनाउनका निम्ति बाख्रा पाकेट क्षेत्र विस्तार गरिएको हो । बाख्रा पकेट क्षेत्रका लागि १० वटासम्म बाख्रा सहयोग गरिएको हो ।

महिला दिदीहरुलाई स्थानीय जागृत स्वलम्बन महिला समूहमा आबद्ध दिदीहरुले व्यावसायिकरूपमा बाख्रापालन गरी आम्दानी गरेपछि बहिनी समूहलाई व्यावसायिक बनाउन निःशुल्करुपमा बाख्रा प्रदान गरिएको हो । जागृत स्वालम्बन महिला मूल समूहबाट उत्पादित ३९ वटा बाख्रा तीन नयाँ उपसमूहलाई उपहार प्रदान गरिएको हो । चौरासी वटा बाख्रा उपहारबाट सुरुआत भएको कार्यक्रम हालसम्म २४७ वटा पुगेको हो ।

तानसेन नगरपालिका र ग्रामीण आर्थिक विकास सङ्घ ९रेडा०ले महिला समूहलाई बाख्रा उपहार गरी नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजनाका साथ काम थालिएको नगरपालिकाले जनाएको छ । बाख्रापालन गर्ने समूहका सदस्यलाई आधारशीला तालिम, समूह व्यवस्थापन तालिम, पशुको उचित व्यवस्थापन तालिम, करेसाबारी तालिम, बाह्य जिल्ला भ्रमण, खोर निर्माण, घाँस खेतीका निम्ति बीउ, बीउ पुँजी सहयोग रहेको सङ्घका कार्यकारी निर्देशक लिलाबहादुर कार्कीले बताउनुभयो ।  

गरिबी निवारण तथा महिलालाई उत्पादनमूलक कार्यमा जोडेर स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको बाख्रापालन पकेट क्षेत्र कार्यक्रम नगरपालिकाको ७५ प्रतिशत अनुदान र रेडाले २५ प्रतिशत गरी १०० प्रतिशतमा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा नगरप्रमुख अशोककुमार शाहीले गरिबी र बेरोजगारीको समस्या हटाउन बाख्रापालन कार्यक्रमले सहयोगी भूमिका खेल्ने बताउनुभयो ।

विदेशमा रोजगारी गुमाई स्वदेश फर्किएका युवालाई स्वरोजगार बनाउनका निम्ति नगरपालिकाले देशमै पहिलोेपटक युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको र यस अभियानले धेरै युवाले अवसरको सदुपयोग गर्नुभएको उहाँको भनाइ थियो । उहाँले सहुलियतमा बिना धितो ऋण प्रदान गरी कृषि र पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाएको बताउनुभयो ।
 
प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले नागरिकलाई विभिन्न पकेट कार्यक्रममार्फत उत्पादनमूलक कार्यक्रममा जोडेर युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । कार्यक्रममा जागृत महिला समूहका सचिव रीता रानाले सुरुआतमा २५ महिलालाई बाख्रा प्रदान गरी कार्यक्रम शुरु गरिएको थियो । समूहले सामूहिक घाँस एक रोपनीमा रोपण, सामूहिक अदुवा खेती ३३२ केजी, तीन वटा उपहार समूहको निर्माण जुन समूहमा ६२ जना सदस्य रहेको उहाँले बताउनुभयो ।