२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले फुटेको छैन, सर्पले काँचुली फेरेजस्ताे हो : विष्णु पौडेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमाले विभाजन नभएको जिकिर गरेका छन् । बुधबार प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले पार्टी विभाजन नभई सर्पले काँचुली फेरेको जस्ताे भएकाे बताएका हुन् ।

उनले माधव कुमार नेपाललाई ‘सर्पको काँचुली’ को संज्ञा दिएका छन् । सर्पले काँचुली फेरेकाले एमालेलाई कुनै असर नपर्ने दावी गरेका हुन् ।   

‘हाम्रो आन्दोलनमा जुन खालको प्रवृत्ति देखिएको छ, त्यो पात्रलाई काँचुली छोडे जस्तै गरि छाडेको मात्रै हो,’ उनले भने,‘काँचुली फेरेजस्तै हो, विभाजनले कुनै असर राख्दैन।’ 

उनले नेकपा एकीकृत समाजवादीलाई कथित पार्टी भएको भन्दै माधव नेपालले दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गर्ने बताए ।