७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिपिसीका विदेश विभाग प्रमुख लिउ र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेपालको चारदिने भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

आज सोमबार दिउँसो प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्डसँग लिउले भेट गर्नुभएको हो ।

भेटमा चिनियाँ प्रतिनिधिमण्डलसहित माओवादीका तर्फबाट कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, वर्षमान पुन, पम्फा भुसाल सहभागि हुनुहुन्थ्यो ।

अध्यक्ष दाहालले चिनियाँ पाहुनाको सम्मानमा रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरुसँग पनि भेट गर्नुहुनेछ । ८ सदस्यीय चिनियाँ टोली बुधबार राती स्वदेश फर्कने छ ।