१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘यौन हिंसामा संलग्नलाई कारबाही गर्ने व्यवस्था भएपनि कार्यान्वयन गर्न सरकार चुक्यो’

‘यौन हिंसामा संलग्नलाई कारबाही गर्ने व्यवस्था भएपनि कार्यान्वयन गर्न सरकार चुक्यो’
अ अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले यौनहिंसाका अपराधीलाई जोगाउने ढंगले कानुनको ब्याख्या हुने गरेको टिप्पणी गर्नु भएको छ ।

सांसद सुवालले निर्मला पन्तको हत्यारा अझै पत्ता लगाउन नसकिएको दृष्टान्त पेश गर्दै यौन हिंसाका अपराधीलाई जोगाउने गरी कानुनको व्याख्या हुने गरेको बताउनु भएको हो । सोमबार प्रतिनिधिसभा बैठकमा ‘यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०७९’ माथिको छलफलमा भाग लिँदै उहाँले विद्यमान कानुनमा पनि यौन हिंसाका घटनामा संलग्नहरुलाई कारबाही गर्ने व्यवस्था भएपनि त्यसलाई कार्यान्वयन गर्न सरकारको नसकेको पटकपटक दोहोर्याउनु भयो ।

सांसद सुवालले यौन हिंसा हुन नदिनका लागि नागरिकलाई शिक्षित बनाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि राज्यले निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘निर्मला पन्तको बलात्कार पछिको हत्यारा खै ? कानुन त थियो । केही गर्न मिल्छ तर दोषी पत्ता लागेन । र, हाम्रो कानुनको व्याख्या गर्दा अपराधीलाई जोगाउने किसिमले भयो कि ? भन्ने प्रश्न उठेको छ । कानुन त छ–यो यौन हिंसाविरुद्धको । कार्यान्वयन भईरहेको छैन ।

यौन हिंसा आर्थिक, सामाजिक रुपले दूर्वलहरुविरुद्ध भएको हामी धेरै पाउँछौं । यसको अर्थ सांस्कृतिक र नागरिक समस्या नै देखियो । नागरिक भावनाको समस्या, मानसिक समस्या पनि देखियो यो यौन हिंसा र, यसलाई रोक्नका निमित्त हामीले अर्को पाटो पनि हेर्नु पर्छ । शिक्षालाई हामीले निःशुल्क ढंगले बन्दोबस्त गरिदियौ भने मानिस मानसिक रुपमाले सन्तुलित हुन्छ । र, यस्तो खराव यौनजन्य हिंसामा लाग्ने छैनन् । हामी यहाँ कानुन बनाउँदा खेरी हुन्छ भनेर कानुन बनाउछौं ।’

सांसद सुवालले यौनहिंसा हुन नदिन नागरिकलाई आर्थिक रुपले पनि सवल बनाउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।