७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको भ्रातृ विद्यार्थी संगठनद्वारा शैक्षिक क्षेत्रको उन्नयनका लागि शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सोमबार शिक्षामन्त्री देवेन्द्र पौडेलसमक्ष शैक्षिक क्षेत्रका समस्या समाधान गर्न विभिन्न मागसहितनको ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिनुपर्ने, समयमै पाठ्यपुस्तक र पाठ्यसामग्री उपलब्ध गराइनुपर्ने, शिक्षालाई व्यापारिकण हुनबाट जोगाउनुपर्ने, सामुदायिक विद्यालयको स्तरोन्नति गर्नुपर्नेलगायतका विभिन्न ११ बुँदे माग समेटिएका छन् ।

यही असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजनीतिक, समसामयिक र जनजीविकासँग सम्बन्धित २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले आफ्नो माग सम्बोधन गराउन गत असार १३ गतेदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।