२१ आश्विन २०८१, सोमबार
,
Latest
युनाइटेडको खराब लय जारी, एस्टन भिल्लासँग बराबरीमा रोकियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विभाजन गराउन भुमिका खेल्ने सभामुखलाई यथास्थितिमा मानेर जान सकिँदैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताउनुभएको छ । 

बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैर कानूनी काममा संलग्नता रहेको भन्दै आफुहरु सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडी बढ्न नसक्ने बताउनुभयो । 

उहाँले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भिर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद चल्न नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘सभामुखको सम्मानित पदको अत्यन्तै अपमान गर्दै, त्यसको मर्यादाको खिल्ली उडाउँदै, एउटा पार्टी विशेषको कार्यकर्ता, एउटा गठबन्धनको कार्यकर्ताको रुपमा र प्रमुख प्रतिपक्षी पार्टीको विरोधीको रुपमा, नेकपा एमालेको विरोधीको रुपमा, एमाले पार्टी फुटाउनका लागि अपराधिक, असंवैधानिक, गैर कानूनी काम गर्ने मान्छे सभामुख हुनुहुन्छ अहिले । 

अब त्यस्तो मान्छेलाई सभामुख मानेर सभामा हामी खुरुखुरु कसरी चलाउने भन्ने गम्भिर प्रश्न छ । जो एमाले सिध्याउन खोज्छ, उसलाई निष्पक्ष तपाई पदको गरिमा अनुसार नै हुनुहुन्छ । निष्पक्ष हुनुहुन्छ । तपाइको निष्पक्षतामा सभामुख मानेर चलाउन हामी विश्वस्त छौँ भनेको होइन र ? जब हामीलाई सिध्याउन खोजिराखेको छ भने जानीजानी हामी निष्पक्षतामा विश्वस्त कसरी हुन सक्छौँ । 

त्यसकारण हामी सभामुखका एमाले विरोधी, प्रतिनिधिसभा नियमावली विरोधी, संसदीय प्रचलन विरोधी ति कुराहरुको कारणले सभामुखको निष्पक्षता होइन, निष्पक्षता रहेन । गठबन्धनको पक्षधर रह्यो । प्रष्ट रुपमा एमाले विरोधी भुमिका रह्यो । एमाले फोड्ने षड्यन्त्रमा सरिक भएको र आफ्नो पाटोबाट महत्वपूर्ण भुमिका खेलेको देखियो । यसकारण सभामुखको सम्बन्धमा हाम्रो गम्भिर प्रश्न रह्यो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जानसक्ने अवस्था रहेन ।’

अध्यक्ष ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका पूर्व एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्काशन गरिएको भन्दै संसद बैठकमा ति गैर सांसदहरुको उपस्थिति आफुहरुलाई मान्य नहुने पनि बताउनुभयो । सभामुखले कसैलाई सांसदबाट निष्काशन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उहाँले माधव नेपाल लगायतका सांसदहरु बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका सांसदहरु पनि संसद बैठकमा आउन पाउनुपर्ने बताउनुभयो ।

उहाँले दार्चुलामा भारतिय पक्षले तुइनबाट खसालि जयसिंह धामीको मृत्यु भएको भन्ने छानविन समितिको प्रतिवेदन आइसक्दा पनि सरकारले यस विषयमा बोल्न रोक लगाएको भन्दै जनताको जिउधनको बारेमा बोल्न रोक लगाउने वर्तमान गठबन्धन सरकार भत्काउने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘जयसिंह धामी तुइनबाट खसाएर मारिए । 

यो प्रतिवेदनले भनेको कुरा हो । प्रतिवेदनले त्यो बोल्छ । सरकार भन्छ यस सम्बन्धमा बोल्नु हुँदैन । देशको बारेमा, देशका नागरिकको बारेमा, देशका जनताको जिउधनका बारेमा बोल्न डराउने, यो तानाशाही चल्दैन । यस्ता गठबन्धनहरु भत्काइन्छ तर यो तानाशाही चल्न दिइदैन । जनताको पक्षमा बोल्न पनि नपाउने ? किन म¥यो हाम्रो नागरिक ? किन मारियो हाम्रो नागरिक भन्न पनि नपाउने ?’

अध्यक्ष ओलीले संसदमा संसदमा देशको सिंगो प्रणाली, लोकतन्त्र, देशको अस्तित्वको सम्बन्धमा छलफल केन्द्रीत हुने भन्दै मुलमुद्धामा मात्रै केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिनुभयो । आफुहरु गम्भिर राजनीतिक लडाइँमा रहेको भन्दै उहाँले संसदलाई एकलौटी खेल मैदान बन्न नदिने पनि बताउनुभयो ।