२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

एमाले विभाजन गराउन भुमिका खेल्ने सभामुखलाई यथास्थितिमा मानेर जान सकिँदैनः अध्यक्ष ओली

एमाले विभाजन गराउन भुमिका खेल्ने सभामुखलाई यथास्थितिमा मानेर जान सकिँदैनः अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजन गराउन भुमिका खेलेको भन्दै सभामुखलाई यथास्थितिमा मानेर जान नसकिने बताउनुभएको छ । 

बुधवार बानेश्वरस्थित संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सभामुख सापकोटा एमाले फुटाउने अपराधिक, असंवैधानिक र गैर कानूनी काममा संलग्नता रहेको भन्दै आफुहरु सभामुखलाई निष्पक्ष रुपमा मानेर अगाडी बढ्न नसक्ने बताउनुभयो । 

उहाँले सभामुखको एमाले विरोधी गतिविधिको विरुद्धमा एमालेको गम्भिर प्रश्न रहेको उल्लेख गर्दै सभामुखलाई निष्पक्ष मानेर संसद चल्न नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘सभामुखको सम्मानित पदको अत्यन्तै अपमान गर्दै, त्यसको मर्यादाको खिल्ली उडाउँदै, एउटा पार्टी विशेषको कार्यकर्ता, एउटा गठबन्धनको कार्यकर्ताको रुपमा र प्रमुख प्रतिपक्षी पार्टीको विरोधीको रुपमा, नेकपा एमालेको विरोधीको रुपमा, एमाले पार्टी फुटाउनका लागि अपराधिक, असंवैधानिक, गैर कानूनी काम गर्ने मान्छे सभामुख हुनुहुन्छ अहिले । 

अब त्यस्तो मान्छेलाई सभामुख मानेर सभामा हामी खुरुखुरु कसरी चलाउने भन्ने गम्भिर प्रश्न छ । जो एमाले सिध्याउन खोज्छ, उसलाई निष्पक्ष तपाई पदको गरिमा अनुसार नै हुनुहुन्छ । निष्पक्ष हुनुहुन्छ । तपाइको निष्पक्षतामा सभामुख मानेर चलाउन हामी विश्वस्त छौँ भनेको होइन र ? जब हामीलाई सिध्याउन खोजिराखेको छ भने जानीजानी हामी निष्पक्षतामा विश्वस्त कसरी हुन सक्छौँ । 

त्यसकारण हामी सभामुखका एमाले विरोधी, प्रतिनिधिसभा नियमावली विरोधी, संसदीय प्रचलन विरोधी ति कुराहरुको कारणले सभामुखको निष्पक्षता होइन, निष्पक्षता रहेन । गठबन्धनको पक्षधर रह्यो । प्रष्ट रुपमा एमाले विरोधी भुमिका रह्यो । एमाले फोड्ने षड्यन्त्रमा सरिक भएको र आफ्नो पाटोबाट महत्वपूर्ण भुमिका खेलेको देखियो । यसकारण सभामुखको सम्बन्धमा हाम्रो गम्भिर प्रश्न रह्यो । तसर्थ सभामुखलाई यथास्थितिमा मानेर जानसक्ने अवस्था रहेन ।’

अध्यक्ष ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका पूर्व एमालेका १४ जना सांसदलाई पार्टीबाट निष्काशन गरिएको भन्दै संसद बैठकमा ति गैर सांसदहरुको उपस्थिति आफुहरुलाई मान्य नहुने पनि बताउनुभयो । सभामुखले कसैलाई सांसदबाट निष्काशन गर्ने र कसैलाई नगर्ने पक्षपातपूर्ण व्यवहार गरेको भन्दै उहाँले माधव नेपाल लगायतका सांसदहरु बैठकमा आउने भए रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका सांसदहरु पनि संसद बैठकमा आउन पाउनुपर्ने बताउनुभयो ।

उहाँले दार्चुलामा भारतिय पक्षले तुइनबाट खसालि जयसिंह धामीको मृत्यु भएको भन्ने छानविन समितिको प्रतिवेदन आइसक्दा पनि सरकारले यस विषयमा बोल्न रोक लगाएको भन्दै जनताको जिउधनको बारेमा बोल्न रोक लगाउने वर्तमान गठबन्धन सरकार भत्काउने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘जयसिंह धामी तुइनबाट खसाएर मारिए । 

यो प्रतिवेदनले भनेको कुरा हो । प्रतिवेदनले त्यो बोल्छ । सरकार भन्छ यस सम्बन्धमा बोल्नु हुँदैन । देशको बारेमा, देशका नागरिकको बारेमा, देशका जनताको जिउधनका बारेमा बोल्न डराउने, यो तानाशाही चल्दैन । यस्ता गठबन्धनहरु भत्काइन्छ तर यो तानाशाही चल्न दिइदैन । जनताको पक्षमा बोल्न पनि नपाउने ? किन म¥यो हाम्रो नागरिक ? किन मारियो हाम्रो नागरिक भन्न पनि नपाउने ?’

अध्यक्ष ओलीले संसदमा संसदमा देशको सिंगो प्रणाली, लोकतन्त्र, देशको अस्तित्वको सम्बन्धमा छलफल केन्द्रीत हुने भन्दै मुलमुद्धामा मात्रै केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिनुभयो । आफुहरु गम्भिर राजनीतिक लडाइँमा रहेको भन्दै उहाँले संसदलाई एकलौटी खेल मैदान बन्न नदिने पनि बताउनुभयो ।