काठमाडौं । बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । यसअघि पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयमा छलफल गरिने बताइएको छ ।











