२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र भइरहेको छः प्रचण्ड

एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र भइरहेको छः प्रचण्ड
अ अ+ अ-

काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भईरहेको बताउनु भएको छ । 

अध्यक्ष दाहालले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताउनु भएको हो । सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यथास्थितिमा एमसीसी सम्झौंता पारित गर्न नसकिने अडान पनि दोहोर्याउनुभयो । 

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौंता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पार्नु भयो । तर अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने ? भनेर लागि परेको उहाँको दावी छ । अध्यक्ष दाहालको उहाँले भन्नु भयो, ‘यो गठबन्धनलाई तोडने षडयन्त्र पनि भईराखेको छ, देश भित्र र बाहिरबाट । 

यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौं । यसलाई विभाजन के गरि गर्ने ? एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि ? एमसीसी भनेर ल्याई दिएपछि चाँही भनेर एकथरी लागि राख्या छन । हामी चाँही यथास्थितिमा एमसीसी हुन सकिदैन भनि राछौ । 

हामी सकेसम्म गठबन्धनलाई बचाएर यसको पनि समाधान सकारात्मक ढंगले होस् देशलाई क्षति नहुने ढंगले भन्ने चाहेका छौं । तर अर्को वर्ग चुप लागेर बसेको छैन । अर्को वर्गमा पनि पूरै तागतका साथ यो गठबन्धन के गरि तोडने ? प्रतिक्रान्तिकारी के गरि निरन्तर अघि बढाउने ? माओवादीहरुलाई के गरी घेरा हालेर सिध्याउने ?  प्रयास पनि भईराखेको छ देश भित्र र बाहिर पनि ।’

अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनु परेको पनि उल्लेख गर्नु भयो । उहाँले नेकपा (एमाले) पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी पनि गर्नु भयो । माक्र्सवादी भन्न नहुने, राम, सिता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको ढिलमा पुगेको उहाँको तर्क थियो । अध्यक्ष दाहालले एमाले नेतृत्वले सूर्य चिन्ह र मदन भण्डारीको दूरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोप समेत लगाउनुभयो । 

उहाँले भन्नु भयो, ‘एमाले भन्ने पार्टी त्यहाँ विचार शुन्य छ अहिले । त्यहाँ विचारमा बहस पनि हुँदैन । विचारसँग मतलव पनि छैन । उनीहरुसँग पद प्राप्त गर्ने तरिका छ । राष्ट्रिय अन्तराष्ट्रिय साम्राज्यवादीहरुसँग साँठगाँठ गरेर डलर ल्याउने तरिका जान्या छन । त्यो पैसा खर्च गरेर कसरी गुट बलियो बनाउन सकिन्छ भन्ने जानेका छन । चुनाव जित्न गर्नुपर्ने साम, दाम, दण्ड, भेद जालझेल षडयन्त्रमा अलि पारङगत नै भएका छन । र उनीहरुको एकताको आधार विचार राजनीति हुँदैन अहिले लोगो हुन्छ । सूर्य त्यही हो एमाले । त्यो भएपछि सिद्धियो अव । त्यो सूर्य भित्र के भईसक्यो भन्ने त्यहाँ त्यो डिबेट हुँदैन । अनि मदन भण्डारी, जसलाई कसैले त्यस्तो षडयन्त्र ग¥यो, त्यसको खोजी कसरी गर्ने, अपराधिलाई कसरी सजाय दिने त्यहाँ त्यो चिन्ता हुँदैन । 

आफूलाई उत्तराधिकारी हुँ भन्नेहरु नै राष्ट्रपति र प्रधानमन्त्री हुँदा त्यो बारेमा चर्चा हुँदैन । खोजी हुँदैन । के भएको हो मदन भण्डारीलाई । र मदन भण्डारीले कुन परिस्थितिमा के विचार ल्याउनु भएको र अहिले परिस्थिति कहाँ पुग्यो भन्ने चर्चा, परिचर्चा, बहस त्यहाँ हुँदैन । खाली हुन्छ मदन भण्डारी लोगो । र त्यो मदन भण्डारीलाई प्रयोग गरेर पद प्राप्त गर्नु । सुविधा प्राप्त गर्नु । गुट बलियो बनाउनु । त्यस्तै देखियो नि त । ३ वर्ष देखि त हामीले सकिन्छ कि बदल्न भनेर त आँट गरेकै हो । तर त्यहाँ त्यो प्रवृत्तिनै हावी देखियो । हुँदाहुँदै त्यो प्रवृत्ति कहाँ पुगेछ त भन्दा प्रतिक्रान्ति, प्रतिगमनकारी, राम, सिता, लक्ष्मणको मूर्ति बोकेर हिँडने जलहरी रे कता हो ? माक्र्सवाद भन्न नहुने, समाजवादको नाम धेरै लिन नपाईने, नहुने । त्यस्तोमा गयो तर नाम त मदन भण्डारीको लिएकै छ, फेरी । जबज भनेपछि भयो । त्यसरी एमाले पतनको ढिलमा पुगेको छ ।’

अध्यक्ष दाहालले साम्राज्यवादीहरुबाट साँठगाँठ गरेर डलर कमाउन सिकेको एमाले नेतृत्वले गुटलाई बलियो बनाउने काम मात्रै गरिरहेको बताउनु भयो । उहाँले आफ्ना पार्टीका नेता, कार्यकर्तालाई पद, पैसा र प्रतिष्ठाको पछि नलाग्न पनि पटक–पटक सचेत गराउनु भयो ।