२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमण तालिका



अ+ अ-

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको सात सदस्यीय टोली आज बिहान काठमाडौं आइपुगेको छ । भ्रमण टोली बत्तिसपुतलीस्थित होटल द्वारिकामा बसेको छ ।

आजै दिउँसो चिनियाँ पाहुनाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्नुभएको छ । त्यसपछि उहाँहरुले सिंहदरबारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्नुहुने छ । परराष्ट्र मन्त्रालयमा भेटघाटपछि चिनियाँ पाहुनाको सम्मानमा मन्त्री खड्काले साँझ होटल मेरियटमा रात्रीभोज आयोजना गर्नुहुनेछ ।

भोलि सोमबार बिहान चिनियाँ पाहुना टोली साढे ९ बजेदेखि सवा १० बजेसम्म सुन्दरीजलस्थित विपी संग्रहालयको अवलोकनमा कार्यक्रम छ । त्यहाँबाट फर्केपछि उक्त टोली शान्ति निकुञ्ज स्कुलमा आयोजित कार्यक्रममा सहभागी हुनेछ ।

भोलि नै अपरान्ह ४ बजेदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होटल सोल्टीमा सो टोलीले भेटवार्ता गर्नेछ । त्यसपछि सोही होटलमा चिनियाँ पाहुनाको सम्मानमा माओवादी अध्यक्षले रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।

नेपाल भ्रमणको तेस्रो दिन जियान्चाओले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म भेटघाट गर्नुहुनेछ । सोही दिन अपरान्ह ४ बजेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालसँग नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन अर्थात बुधबार बिहान चिनियाँ पाहुना टोली बिहान ९ बजे बुढानीलकण्ठ नगरपालिका जाने कार्यक्रम छ । त्यहाँ एमाले जिल्ला कमिटी पूर्व अध्यक्ष कृष्ण राईसँगको भेटपछि टोली शीतल निवास पुगरी बिहान साढे १० बजेदेखि साढे ११ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछ ।

दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म भूकम्पबाट क्षतिपछि पुनर्निर्माण गरिएका विभिन्न संरचनाको निरीक्षण गर्ने क्रममा चिनियाँ पाहुना टोली भक्तपुर पुग्नेछ ।

बुधबार राति सवा ११ बजे चिनियाँ टोली चार दिनको नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किने कार्यतालिका रहेको छ ।