७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित छविलाल जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश नेप्से परिसूचक ५९ अङ्कले घट्यो करण जोहरले कोल्डप्ले कन्सर्टको टिकट पाएनन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रतिनिधिमण्डल बालुवाटारमा



अ+ अ-

काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ ।

आज (आइतबार)बिहान काठमाडौं आइपुगेको चिनियाँ प्रतिनिधिमण्डल अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको हो ।

भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, चिनियाँ राष्ट्रपतिको सन्देशबारे छलफल भएको बताइएको छ ।

विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो । चार दिने नेपाल भ्रमणमा आउनु भएका उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

विदेश विभाग प्रमुख लिउ होटल द्वारिकामा रहनुहुनेछ । गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो ।

नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ । विदेश विभागमा नियुक्त भएपछि उहाँले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा(एमाले)का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गर्नुभएको थियो ।