२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ News Polar दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम News Polar अब नागरिकले चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने News Polar बिमस्टेक बैठकमा नेपालको प्रस्ताव : क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठन गर्नुपर्ने News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

तीज पर्वको रौनक सुरु

तीज पर्वको रौनक सुरु
अ अ+ अ-

दाङ । नेपाली महिलाको महान पर्व ‘तीज’को रौनक यतिबेला बस्तीमा छाएको छ । 

कोभिड–१९ सङ्क्रमणलाई बिर्सँदै उनीहरू तीज पर्वमा रमाएका छन् । यहाँका बजारमा सामान किनमेल गर्नेको चहलपहल बढेको छ । विगतका वर्षमा तीज आउन अगावै छोरीचेली यस पर्वका लागि किनमेलमा व्यस्त हुन्थे । कोरोना महामारीका कारण विगतका वर्ष जस्तो नभएपनि यसपटक किनमेलका लागि एक हप्तायता यहाँका बजारमा भीडभाड बढेको देखिन्छ ।

अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरापोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्न आउने दिदीबहिनीको सङ्ख्या बढ्न थालेको यहाँका व्यापारी बताउँछन् । उनीहरु सुरक्षा मापदण्डपालना गरेर आउने गरेको र आफूले पनि सोही मापदण्डपालना गरेर सामान बिक्री गर्ने गरेको तुलसीपुरका किराना व्यापारी अमनउल्लाह अन्सारीले बताउनुभयो । 

लामो समयदेखि तुलसीपुरको वीरेन्द्र चोकमा किराना पसल गर्दै आउनुभएका अन्सारीले यसपटक पहिला जस्तो व्यापार नभएको  बताउनुभयो ।  उहाँले भन्नुभयो, ,“विगतका वर्षमा बिहानैदेखि समान बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो, तर अहिले कोरोनाले गर्दा त्यस्तो छैन्, एक हप्तायता मात्र बजारमा समान किन्न आउनेको चहलपहल बढेको छ ।” 

तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घ संस्थामा आवद्ध रहेकाले दर खाने कार्यकम राखेर तीज मनाउन थालेका छन् । गत शनिबार पत्रकार महासङघ महिला विभाग दाङले चाडपर्व संरक्षणमा मिडियाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरी जिल्लामा छरिएर रहेका पत्रकार महिलालाई एकै ठाउँमा भेटघाट तथा तीज पर्वका सकारात्मक कुरा मिडियामा समावेश गर्नाले समाजमा सकारात्मक सन्देश जाने निष्कर्ष निकालेका थिए । 

विगतका वर्षभन्दा यसवर्ष भने जिल्लामा तीजको दर खाने कार्यक्रममा भने धेरै कमी आएको देखिन्छ । परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहेपनि पछिल्ला वर्षमा फरक शैलीमा तीज मनाउने क्रम बढ्दै गएको छ । धार्मिक मान्यताअनुसार भगवान शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजाआराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिन सक्ने भन्दै चासो व्यक्त हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ का ४६ वर्षीया राधा रजौरेले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्वलाई देखासिकी र भड्किलो नभइ सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।”

विगतका वर्षमा तीज आउन एक महिनाअघिदेखि नै दरखाने, नाचगान गर्ने, कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दर खाने गरेका दृश्य टिभी, सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको बताउनुहुने उहाँले अहिले कोरोना महामारीका कारणले होला त्यसमा धेरै कमी आएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका–५ की ४४ वर्षीया नीरा ढुङगानाले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । तुलसीपुरमा साढे दुई दशकदेखि डोल्मा सिलाइकटाइ तालिम केन्द्र खोलेर एक दर्जन बढी महिलालाई रोजगारी दिएकी  ढुङगानाले तीज पर्व मनाउँदा यसपटक कोरोनाको जोखिम रहेकाले सर्तक, सहज तथा सरलरुपमा मनाउनुपर्ने बताउनुभयो ।

अहिले देशमा कोरोना महामारी छ, यसपटक तीज मनाउँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “तीजलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नपर्छ ।” (रासस)