१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्वः प्रधानमन्त्री

श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्वः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न विधाका श्रष्टाहरुलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ ।

आइतबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका श्रष्टाहरुलाई पुरस्कार समर्पण समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले भाषा, साहित्य, संस्कृति, संगीत तथा नाट्यलगायतका विधामा योगदान दिने श्रष्टाहरुको सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको हो । उहाँले भाषा, साहित्य, संस्कृति, संगीत एवं नाट्यलगायतका विधाहरु मुलुकका गहना तथा सभ्यता र संस्कृतिको धरोहर रहेको बताउनुभयो । उहाँले नेपालका संस्कृति तथा साहित्य राष्ट्रिय गौरवको विषय भएको पनि बताउनुभयो । श्रष्टा र साधकहरुलाई राज्यले सम्मान गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस प्रकारको सम्मानले श्रष्टाहरुमा थप सिर्जनात्मक काम गर्न प्रेरणा मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘भाषा, साहित्य, संस्कृति, इतिहासकला, संगित एवं नाट्य लगायतका विधाहरु मुलुकका गहना हुन् । ति हाम्रा सभ्यता र संस्कृतिका धरोहर हुन् । ति हाम्रा राष्ट्रिय गौरवका विषय हुनुका साथै तिनले नै स्वदेश तथा विदेशमा नेपालको विशिष्ट राष्ट्रिय पहिचान बनाउन सघाउ पुर्याउँदै आएका छन् । तसर्थ यि क्षेत्रका विकास र संरक्षण गर्न संलग्न संस्था तथा साधकहरुको सम्मान एवं कदर गर्नु हाम्रो राष्ट्रिय दायित्व पनि हो ।

श्रष्टा र साधकहरुको सम्मानबाट उहाँहरुले सम्बन्धित क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर हुनुका साथै उहाँहरुलाई आफु संलग्न क्षेत्रमा थप सिर्जनात्मक काम गर्न प्रेरणा र प्रोत्साहन पनि मिल्नेछ । यसै तथ्यलाई मध्येनजर गरि सरकारले विभिन्न राष्ट्रिय व्यक्तित्वको नाममा विभिन्न पुरस्कारहरुको स्थापना गरेको हो । आज समारोहमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार र इतिहास शिरोमणी बाबुराम आचार्य राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनुभएका विशिष्ट प्रतिभाहरुलाई नेपाल सरकार तथा मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक बधाई दिन चाहान्छु । साथै पुरस्कृत प्रतिभाहरुबाट आगामी दिनमा राष्ट्रको भाषा, साहित्य, कला, संस्कृति, संगित एवं नाट्य क्षेत्रको विकास हुनेमा अझ बढी योगदानको अपेक्षा पनि गरेको छु ।’

प्रधानमन्त्री देउवाले श्रष्टाहरुप्रति राज्यले गरेको सम्मानले मुलुकको प्रतिष्ठा उच्च बनाउन तथा देशको सर्वाङ्गीण विकासमा श्रष्टाहरुको अझ योगदान हुने विश्वास व्यक्त गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विभिन्न विधामा योगदान पु¥याउने ४३ जना श्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।