२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ एनपीएल: कसले के पुरस्कार जिते ? नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म म्याग्दीबाट कांग्रेसकातर्फबाट गर्बुजा र भण्डारी सिफारिस काठमाडौँ–६ बाट सभापति बानियाँसहित २१ जनाको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा पाण्डे



अ+ अ-

रुपन्देही । नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा शनिबार सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको आतिथ्यतामा सम्पन्न प्रदेश समितिको बैठकमा प्रदेश अध्यक्ष रहेका सहरी विकासमन्त्री मेटमणि चौधरीको प्रस्तावमा पाण्डेलाई अध्यक्ष बनाउने निर्णय भएको केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश समितिको बैठकले रुपन्देही जिल्ला समितिको जिम्मेवारीमा पनि हेरफेर गरेको छ । बैठकले पार्टीको रुपन्देही जिल्ला अध्यक्षमा अविराम विकलाई चयन गरेको छ । यसअघि राजु गुरुङले अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

पार्टीको उपाध्यक्षमा श्रीराम यादव र उपाध्यक्ष चीनबहादुर गुरुङ चयन हुनुभएको छ । सचिवमा सरिता श्रीषलाई जिम्मेवारी दिइएको छ । यसैगरी उपसचिवमा टङ्क पोखरेल, मीरा श्रेष्ठ र थानेश्वर खरेल रहनुभएको छ । पार्टीको जिल्ला समिति २०५ सदस्यीय रहेको केन्द्रीय सदस्य भट्टराईले बताउनुभयो ।