१४ असार २०८३, आईतवार
,
Latest
अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्छः अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुद्धभूमि नेपाललाई युद्धबाट अक्षुण्ण राख्नुपर्ने बताउनुभएको छ । विश्वमा युद्धको कालो बादल मडारिएको जनाउँदै उहाँले एसियामा पनि त्यसको लक्षण देखापरेकाले सचेत रहनुपर्ने बताउनुभयो । “बुद्धको शान्ति भूमिलाई द्वन्द्वबाट टाढा राख्नुपर्छ”, समाजवादी प्रेस सङ्गठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “राष्ट्रिय हितका विषयमा हामी एकताबद्ध हुनुपर्छ ।”

राष्ट्रिय हित र सुरक्षालाई केन्द्रविन्दुमा राखेर छिमेकी र अन्य मुलुकसँगको सम्बध विस्तार गर्दै जानुपर्ने उहाँले बताउनुभयो । नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा रहेकाले यसैमा अडिग रहेर अन्तर्राष्ट्रिय सन्धि–सम्झौता गर्नुपर्ने उहाँको भनाइ छ । अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन पनि यही नीतिका पक्षमा रहेर अस्थिरताबाट देशलाई जोगाउने काम गरेको बताउनुभयो ।

पाँचदलीय गठबन्धनबाट सरकारका विभिन्न पदमा रहेका मन्त्रीतर्फ इङ्गित गर्दै उहाँले देश र जनताप्रति सेवाभाव र समर्पणभाव राख्नुपर्ने बताउनुभयो । “देखाउने दाँत एउटा र खाने अर्को नहोस् । भित्र बाहिर एउटै होस् । जनताले खोजेको त्यही हो”, अध्यक्ष नेपालले भन्नुभयो ।

सङ्घ र प्रदेशको निर्वाचनमा पनि पाँचदलीय गठबन्धनबीच सहकार्य रहने बताउँदै उहाँले अहिलेको अवस्थामा यो आवश्यक रहेको उल्लेख गर्नुभयो । आगामी निर्वाचनको मिति घोषणा भएलगत्तै सही नीति र दृष्टिकोण बोकेर पार्टी जनतामा जाने तयारी गरेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकारले राखेको जिज्ञासाको जवाफ दिँदै उहाँले आगामी निर्वाचनमा नेकपा (एमाले)सँगको सहकार्य सम्भव नभएको प्रष्ट पार्नुभयो । “एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द छ, ढोका बन्द भएपछि कुनै सम्भावना रहने कुरा भएन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । गलत प्रवृत्तिले गर्दा हानी–नोक्सानी के–के भयो सबैले मम गरौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष नेपालले गत स्थानीय तहको निर्वाचनमा मतपत्रको व्यवस्था, मतदाता शिक्षा, घरदैलो र सबै स्थानीय तहमा उम्मेदवारी दिन नसक्दा नौ लाख २७ हजार मतमात्रै प्राप्त गरेको जनाउँदै उहाँले अब सङ्घीय निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो । कांग्रेसमा भएको चरम गुटबन्दीले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन समस्या भए पनि समाजवादीमा सहज तरिकाले दुईतिहाइ स्थानमा एक्लै उम्मेदवारी दिँदा पनि सानदार जित हासिल गरेको बताउनुभयो ।