२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटी बैठकः चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रिय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताउनु भयो । उहाँले छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहनुभएको बताउनु भयो ।

प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको पनि बताउनु भयो । त्यस्तै बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ । आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रिय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता मरहाले बताउनु भयो । उहाँले बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विगतको स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको हुनाले र कतिपय केन्द्रिय समितिका सदस्यकै बिरुद्धमा पनि कुरा उठेको हुनाले हामीले तीन जनाको छानबिन समिति बनायौँ । त्यसमा टंक राई अनुशासन विभागको संयोजक हुनुहुन्छ । उहाँको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको तीन सदस्सीय छानबिन समिति बनाइएको छ ।

विद्यार्थीमा केही समस्या पैदा भएको छ, त्यसलाई हल गर्न पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जना भएको एउटा हल सुझाव समिति बनाइएको छ । उहाँहरुले सुझाव दिनुहुन्छ, स्थायी कमिटीले निर्णय गर्छ । प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति इञ्चार्जको नेतृत्वमा एउटा प्रदेश समन्वय समिति बनाइएको छ । यो चुनाव सम्मको लागि मात्रै हो । त्यसमा केन्द्रिय सदस्यहरु सबै र प्रदेशका पदाधिकारी सबै रहनुहुन्छ । प्रदेशको प्रशिक्षण कार्यक्रमहरु, बैठकहरु राखेका छौँ । त्यसमा साउन १६ गतेदेखि भदौ ३ गते सकिने गरेर प्रदेशमा राखिएको छ । १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास गरी हामीले प्रदेशको प्रशिक्षण तथा बैठकहरु राखेका छौँ ।’

प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको बताउनु भयो । प्रवक्ता महराले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी गर्नुभयो ।