२५ मंसिर २०८२, बिहीबार
,
Latest
सत्ता जोगाउन १० बुँदेको सम्झौताको नाटक मञ्चन गरियोः रविकिरण हमाल चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गरौँः सञ्चारमन्त्री सोलुमा हिउँले ढाकेका भाग घट्दै भिजिट भिषा प्रकरण: सहसचिव तीर्थराज भट्टराई सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली एनपिएल क्वालिफायरः लुम्बिनीविरुद्ध टस जितेर विराटनगरले पहिला बलिङ गर्दै सर्वोच्चको आदेशपछि पुनर्बहाली भएका शाक्य र ऊर्जा मन्त्री घिसिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराले मालढुंगा–बेनी सडक अवरुद्ध



file
अ+ अ-

म्याग्दी । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक गए रातिदेखि अवरुद्ध बनेको छ ।

शुक्रबार साँझदेखि निरन्तर परिरहेको वर्षाका कारण सडक माथिको भिरबाट पहिरो खस्दा यातायात सेवा अवरुद्ध बनेको हो । पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर र ट्रिपर तयारी अवस्थामा राखे पनि वर्षा नरोकिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । वर्षा रोकिएलगत्तै सडक खुलाउन पहल गरिने उहाँको भनाइ छ ।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन् । कतिपय सवारी बागलुङ हुँदै वैकल्पिक मार्गको प्रयोग गरेर आवतजावत गरेका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।