१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पाँच दलीय गठबन्धन सरकार अविलम्व हटोस्ः ओली

पाँच दलीय गठबन्धन सरकार अविलम्व हटोस्ः ओली
file
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान ५ दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार छवि कार्कीको १२ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाउनु भयो । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भएपनि अहिलेको सरकार तमासा देखाएर बसेको बताउनु भयो । उहाँले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरुको थुप्रो भएको बताउनु भयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफैँ नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपाली काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताउनु भयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफैँ राजीनामा दिएको तर राजीनामा नदिएको भएपनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताउनु भयो । उहाँले माओवादीले अनुपयक्त समयमा हतियार उठाएकै कारण हजारौं युवाशक्ति विदेश जानुपर्ने बाध्यता सिर्जना भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारको के काम ? लाज छैन, मल दिन सकेको छैन ? देशको अर्थतन्त्र यस्तो बनाएको छ । देशको साँचो लिएरै ढुकुटीमा गएर लुट्ने । यो सरकारको काम छैन । यो सरकार अविलम्व हट्नुपर्छ । अरु सरकार भएको भए मैन पग्लिए झैँ सकिन्थ्यो । यो केही लाज नै छैन । अब अति भन्दा पनि नाघ्यो । अब यो सरकार स्वीकार्य हुन सक्दैन । चुनावमा धाँदली, लुट हुन्छ । मतदातालाई कुटेर लखेट्छ । हरेकतिर विकासका आयोजनाहरु सबै कटौती गरेको छ । राम्रो एउटा छैन । सबै नराम्रा । यो सरकार नराम्रा कामको थुप्रो हो । एक वर्षमा एउटा राम्रा काम गरेन । यो सरकार नालायक, भ्रष्ट, अनैतिक छ ।

सरकारमा एकछिन पनि बस्न नमिल्ने, नहुने छ । यो सरकार हट्दैन भने जनताले टिपेर मिल्काउनु पर्छ, काँग्रेस त निरीह अब बोल्नै नसक्ने ? मन्त्रीले जस्तो गरेपनि काँग्रेस त हरेको हे¥यै । काँग्रेससँग केही कदम चाल्ने दम र हुत्ती नै छैन । विचारै छैन । मन्त्रीले अहिलेपनि राजीनामा दिएर हो नत्रभने प्रधानमन्त्रलिे निकाल्छन् भन्ने त प्रधानमन्त्रीसँग कुनै मन्त्रीलाई कारबाही गर्ने निकाल्ने हुत्ती छ ? प्रचण्डका सपना के थिए ? अहिले छरपस्ट देखिएका छन् । प्रचण्डको त्यही अनावश्यक समयमा हतियार उठाउनाले देशका युवा खाडी जाने अवस्था सिर्जना भयो ।’

अध्यक्ष ओलीले प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ भएको आरोप लगाउनु भयो । उहाँले मन्त्रालयमा सचिवले बजेट बनाउन नपाउने तर व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुनु देश गम्भीर संकटतर्फ उन्मुख भएको प्रमाण रहेको बताउनु भयो । अध्यक्ष ओलीले शान्त वातावरणमा देश चलाउनसक्ने प्रमाणित एमालेले गरिसकेको बेलामा माओवादी भन्दै हतियार उठाउनुको तुक नरहेको जिकिर गर्नुभयो । उहाँले माओवादी सशस्त्र द्वन्द्व केही सिमित व्यक्तिहरुको चाहनापूर्तिका लागि मात्रै लडिएको दाबी गर्नुभयो । अध्यक्ष ओलीले १० वर्षे सशस्त्र द्वन्द्व भनेर हतियार उठाउनुको खास कारण के हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका राजनीतिक कार्यकर्ता मार्नका लागि हतियार उठाएको आरोप लगाउनु भयो । उहाँले अध्यक्ष दाहालले सशस्त्र द्वन्द्वको बेलामा उठाएका हतियारको खास कारण के थियो त्यसको उत्तर दिन चुनौती दिनुभयो । पेरुका माओवादीले ३५ हजार आफ्नै कार्यकर्ता मारेर आन्दोलन स्थगित गरेको उल्लेख गर्दै नेपालका माओवादीले भने एमाले, काँग्रेस र कम्युनिष्ट तथा प्रहरी र सेनाहरु मारेको बताउनु भयो । उहाँले माओवादीको सशस्त्र द्वन्द्वको लक्ष्य छोटो बाटोबाट चाँडै सरकारमा पुग्ने लक्ष्यमात्र भएको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्ड पथ भनेको देशलाई भड्खारोमा लाने पथ हो । प्रचण्ड बुद्धिले मात्रै यस्तो अपराध गर्नसक्छ । यस्ताहरुको बहकावमा अहिले सरकार चलेको छ । दुनियाँमा नभएको तमासा भएको छ । सचिवले बजेट बनाउन पाउँदैन । व्यापारीका मान्छे ल्याएर करका दर र अन्तः शुल्क तय हुन्छ । देश लुट्ने काम यो भन्दा खुलेआम के हुनसक्छ । लाज शर्म छैन, उल्टै रोष्टममा मेरो बिरुद्धमा यस्तो भयो, देखौला हेरौँला रे ? केपी ओलीको कारण राजीनामा रे ? मैले राजीनामा मागेको छैन । छानिबन गर्नुपर्छ भनेको हो । शान्त वातावरणमा पनि सरका चलाउन सकिन्छ भन्ने कुरा नेकपा एमालेले सरकार चलाएर देखाइसकेपछि माओवादीले हतियार उठायो । केका लागि हतियार उठायो ? माग के थिए माओवादीका ? माग थिए एउटा गोलमेच सम्मेलन । गोलेमेल सम्मेलन भनेको त्यतिबेला राजतन्त्र थियो, राजतन्त्रसहितको गोलमेल सम्मेलन हुनेभयो । सर्वपक्षीय गोलेमेल सम्मेलन एउटा माग । दोस्रो माग थियो, सर्वपक्षीय, सर्वदलीय सरकार । आफू पनि बस्ने र राजा पक्षका पनि सबै रहेर त्यस्तो सर्वपक्षीय सरकार । तेस्रो संविधान सभा ।

संविधान सभाको माग गर्नका लागि हतियार उठाउनु पर्छ र ? माओवादीले केका लागि हतियार उठाएको थियो ? मैले त्यस बेलादेखि सोध्दै आएँ, अहिलेसम्म माओवादीे जवाफ दिन सकेको छैन । प्रचण्डले आजको कुरा सुनेर भोलि, पर्सी जवाफ दिए हुन्छ । केका लागि हतियार उठाएको हो ? कार्यकर्ता त कम्युनिष्ट, एमाले, काँग्रेसका मारिएका थिए । यही कुरा पेरुमा भएको थियो । पेरुका माओवादीले ३५ हजार कम्युनिष्ट कार्यकर्ता मारेको थियो । त्यसपछि आन्दोलन समाप्त भयो । त्यहाँका प्रचण्डहरुले गरेको त्यही थियो । यहाँका प्रचण्डहरुले सेना प्रहरी र हाम्रा साथीहरु मारे । किन मारिए ? राज्य सत्ता त होइनन् हाम्रा साथीहरु ? के प्राप्त गरेर छोडे त सशस्त्र जनयुद्ध ? महान जनयुद्ध भनेर माओवादीले भनेको, के भएर छोडे त ? के पाएर छोडे ? बहुदलीय व्यवस्था, विघटित संसदको पुनः स्थापना ? त्यसका लागि १७ हजार मान्छे मार्नुपर्छ ? त्यसकारण माओवादीको उद्देश्य अर्कै थियो । छोटो बाटोबाट सरकारमा पुग्ने, अस्थिरता नेपालमा सिर्जना गर्ने, देशको नभइ अरुको भलाइ गर्ने, उनीहरु त्यो भन्न सक्दैनन् । तर राजतन्त्रसँग कार्यगत एकता थियो भन्ने त सुनेका छौँ ।’

अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गर्नुभयो । उहाँले निहीत स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरितका काम गरेको बताउनु भयो । अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले उक्त ड्राफ्ट तयार गरेको दाबी गर्नुभयो ।