१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन र बाबुरामबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

काठमाडौंको शहरी विकास र सभ्यताको विषयमा छलफल गर्न बालेन भट्टराई निवासमा पुगेका हुन् ।

छलफलमा मेयर बालेनले महानगरका ढलहरु ४० वर्ष पुरानो भएकोले फेर्नुपर्ने बताएका थिए ।

काठमाडौंमा सार्वजनिक सवारीलाई व्यवस्थित बनाउनको लागि एकीकृत ढंगले प्राधिकरण गठन गरेर एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने योजना पनि बालेनले सुनाएका थिए ।

काठमाडौंको सभ्यता र विकाससँग सँगै कसरी लैजाने भन्नेबारे बाबुराम भट्टराईको रायसमेत बालेनले मागेका थिए ।

भेटघाटपछि भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसंग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासवारे सार्थक विमर्श, सफलताको हार्दिक शुभकामना ।’