२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.11

Wind: 3.09

Humidity: 56

Latest
भारतमा असिना पानीका कारण २५ जनाको मृत्यु तीनकुने घटनाबारे गृहमन्त्रीः लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजि गर्ने अपराधिक र विध्वंशकारी कार्य दुर्गा प्रसाईँलाई म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लगियो– तस्बिरहरु रविलाई कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता समृद्ध नेपाल निर्माण र राजनीतिक स्थायित्व कायम गर्ने बाहेक अरु विकल्प छैनः अध्यक्ष दाहाल दुर्गा प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगियो आईपीएल आजः धोनीको कप्तानीमा चेन्नईले कोलकातासँग भिड्दै एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु नेपाली श्रम बजारमा विदेशीहरु रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि राप्रपाको मुलुकभर प्रर्दशन



अ+ अ-

काठमाडौं । राप्रपाले सरकारलाई पेश गरेको २२ बुँदे ज्ञापनपत्र सम्बोधनका लागि दबाब दिन आज देशभरि नै सानाठूला प्रदर्शन सहित ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको छ ।

राप्रपाले गत असार १ गते प्रधानमन्त्रीलाई राजनीतिक मागका अतिरिक्त जनजीविकासंग सम्बन्धित विविध २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरेको थियो । सो माग पुरा गराउन दबाब दिने उद्देश्यले राप्रपा असार १३ गतेदेखि बिभिन्न किसिमका आन्दोलित गरिरहेका छ ।

यसक्रममा राप्रपाले असार १३ गते किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन माग गर्दै ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा ज्ञापनपत्र र धर्ना दिएको थियो । आफ्नो माग सम्बोधन गर्न राप्रपाले असार १७ गते साँझ देशका सबै जिल्ला सदरमुकाममा राँके जुलुस समेत गरेको थियो । असार १९ गते राप्रपा आबद्ध ट्रेड युनियनले श्रमिकको उचित ज्याला र श्रमिकको जीवन बिमाको व्यवस्था हुनुपर्ने भन्दै श्रममन्त्रीको ध्यानाकर्षण गराएको थियो । सोही कार्यक्रमको निरन्तरता स्वरूप आज असार २४ गते भ्रष्टाचार नियन्त्रणको माग सहित देशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा घेराउ र धर्ना दिएको हो ।

राप्रपाको विद्यार्थी संगठनले असार २७ गते देशका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन र कक्षा १२ सम्मको अध्ययन नि स् शुल्क गराउन माग गर्दै शिक्षामन्त्रीलाई र असार ३१ गते महिला संगठनले महिला हिंसाका घटना बारे महिला, बालबालिका मन्त्रीलाई विविध कार्यक्रम सहित ज्ञापनपत्र पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।