• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि कसरी चलाइएको थियो गोली ?



एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ‘ह्यान्डमेड’ बन्दुकले आक्रमण भएको छ । गोली प्रहारपछिको तस्बिरबाट यो खुलासा भएको हो ।

आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए । यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए । आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ ।

आक्रमणकारी तस्बिर खिच्ने बहानामा आबेको नजिक आएको विश्वास गरिएको छ । त्यसपछि उनले फायर गरे । आबेलाई पछाडिबाट दुई पटक गोली लागेको थियो । प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारी यामागामी तेत्सुयालाई पक्राउ गरेको छ । आक्रमणकारीसँग अहिले सोधपुछ भइरहेको छ ।

जापानमा आइतबार माथिल्लो सदनका लागि निर्वाचन हुँदैछ । यसका लागि शिन्जो त्यहाँ प्रचारप्रसार गरिरहेका थिए । ६७ वर्षीय शिन्जो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)सँग आवद्ध छन् । आबे सन् २००६ देखि २००७ सम्म प्रधानमन्त्री थिए । त्यसपछि उनी २०१२ देखि २०२० सम्म लगातार ८ वर्ष प्रधानमन्त्री भए ।

उनको नाममा सबैभन्दा लामो समय (९ वर्ष) प्रधानमन्त्री पदमा रहने कीर्तिमान छ। यसअघि यो कीर्तिमान उनका काका इसाकु साइतोको नाममा थियो ।

आबेलाई आक्रामक नेता मानिन्छ । उनलाई अल्सरेटिभ कोलाइटिस, आन्द्राको रोग थियो जसकारण उनले २००७ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।